‘वेद’ संसारकै सबैभन्दा प्राचीन ग्रन्थ हो, जसको सङ्ख्या चारवटा छ। यी चार वेदहरूमा जीवनको मूल रहस्य लुकेको छ। यो मूलतः विचारहरूको ग्रन्थ हो, त्यसैले नै यसलाई संस्कृतिकै प्रारम्भिक ग्रन्थ मानिने गरिन्छ। अर्को अर्थमा भन्नुपर्दा, वेद ज्ञानको भण्डार हो। विज्ञान होस् या खगोल शास्त्र, यज्ञ विधि होस् या देवताहरूको स्तुती, यी यावत कुराहरू चार वेदमा समावेश गरिएको छ- ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद।
वेदको अर्थ
‘वेद’ शब्द संस्कृत भाषाबाट साभार गरिएको हो, जसको अर्थ हुन्छ ‘ज्ञान’ वा ‘जान्नु’। हिन्दु धर्मको वेदलाई विश्वकै सबैभन्दा पुरानो ग्रन्थको रूपमा मान्यता मिलिसकेको छ। वेदलाई ‘श्रुती’ पनि भनिएको पाइन्छ, श्रुती यानिकी सुनेर लेखिएको। हिन्दु धर्म मान्यताका अनुसार, प्राचीन ऋषि मुनिहरूले गहन ध्यान र तपस्या गरी स्वयं ब्रह्माबाट सुनेर यी चार वेद लेखेका थिए।
वेदमा उल्लिखीत मन्त्रहरूका अनगिन्ती प्रयोगविधि र शुत्रहरू छन्। खगोल, विज्ञान, आयुर्वेद, तकनिकीलगायतका हरेक क्षेत्रको लागि वेदमा विभिन्न किसिमका मन्त्रहरू समावेश गरिएका छन्। विज्ञान तथा प्रविधिको क्षेत्रमा अग्रज अमेरिकी कम्पनी ‘नासा’ले पनि वेदमा लुकेको ज्ञानलाई प्रमाणित गरिसकेका छन्।
हिन्दु धर्मा १०८ उपनीषदहरूको रचना करीब ४ हजार वर्ष अगाडि गरिएको मानिन्छ। यसै तथ्यलाई आधार मान्ने हो भने वेदको रचना करीब ५ हजार वर्ष अगाडि गरिएको सिद्ध हुन्छ।
कुन-कुन वेदमा के-कस्ता कुराहरू छन्?
जीवनका लागि अत्यावश्यक शुत्रहरू तथा ज्ञान-विज्ञानका शुत्रहरूका आधारमा चार प्रकारका वेद भेट्न सकिन्छ।
ऋग्वेद– सबैभन्दा पहिलो वेद नै ऋग्वेद हो। यसमा पृथ्वीको भौगोलिक स्थिति र सोहि अनुसार देवताहरूलाई आह्वान गर्ने मन्त्रहरू समावेश गरिएका छन्। यस वेदको १० अध्यायमा १०२८ मन्त्रहरू छन्।
यजुर्वेद– यज्ञ प्रक्रिया र यज्ञ मन्त्रहरूको भण्डार हो यजुर्वेद! शुक्ल र कृष्ण पक्षमा विभाजित यजुर्वेदका ४० अध्यायमा १९७५ मन्त्रहरू समावेश गरिएका छन्।
सामवेद– ऋग्वेदका मन्त्रहरूलाई सामवेदमा सङ्गीतमय रूप प्रदान गरिएको छ। यसमा मूलतः सङ्गीत विद्याको उपासना गरिएको छ। यसमा १८७५ वटा मन्त्रहरू छन्।
अथर्ववेद– आँखाले देख्न सकिने सांसारिक तत्वहरूबाहेक रहस्यमय विद्याहरूको मन्त्र अथर्ववेदमा समावेश गरिएका छन्। जस्तै; जादू, चमत्कार, आयुर्वेद, आत्मा, आदि। चार वेदमध्ये सबैभन्दा ठूलो अथर्ववेद नै हो, जसमा २० अध्याय र ५६८७ मन्त्रहरू छन्।
पहिले एउटा मात्रै वेद थियो
वेद रचनाकालको सुरुवातमा केवल एउटा मात्रै वेद भएको विद्वानहरूको मान्यता रहेको छ। महाभारत कालपश्चात ‘श्रीकृष्णद्वैपायन व्यास’ (वेदव्यास) ले यसलाई चार भागमा विभाजन गरेका थिए। त्यसपछि उनले आफ्ना चार शिष्य- पैल, वैश्यंपायन, जेमिनी र सुमन्तुलाई चार वेदको ज्ञान दिए। त्यसपश्चात मात्रै चार वेदहरूको प्रचलन आएको विश्वास गरिन्छ।