ज्योतिष शास्त्रकाअनुसार राशि चिन्हको सहयोगमा कुनै पनि व्यक्तिको व्यवहार, उसको चरित्र, उसको मनपर्ने–मन नपर्ने, उसको खुबी तथा उसको बारेमा नराम्रा कुरा पत्ता लगाउन सकिन्छ । यहाँ तपाईलाई राशिअनुसार तपाईको ‘ड्रेसिङ सेन्स’ अर्थात् पहिरन शैलीका बारेमा बताउँदैछौ ।

मेष राशि – मेष राशिका व्यक्तिलाई सँधै भीडभन्दा अलग देखिन मन लाग्छ, त्यसका लागि बजारमा आएको नयाँ शैली अपनाउन हतारमा रहन्छन् । मेष राशिका व्यक्तिलाई गाढा रंग, गुलाबी, रातो तथा खैरो रंग मन पर्छ ।

बृष राशि – यस राशिका व्यक्ति फेसनभन्दा पनि आरामदायी तथा सजिलो कपडा लगाउँन मन पराउँछन् । यस राशिका व्यक्तिलाई फेसनभन्दा पनि कपडा नरम र आरामदायी भए पुग्छ ।

मिथुन राशि – मिथुन राशिका मानिसहरु बजार गएपछि खाली हात फर्कदैनन् । उनिहरुलाई कपडाको निकै सोख हुन्छ । यी राशिका व्यक्तिलाई बजारमा आएको जुनसुकै नयाँ कपडाले मन तान्छ ।

कर्कट राशि – हेर्दा राम्रो देखिने र फेसन ट्रेन्ड मनपर्छ कर्कट राशिका व्यक्तिलाई ।
सिंह राशि – सबैभन्दा ‘चुजी’ मानिन्छन् यी राशिका व्यक्तिहरु । उनीहरुलाई फेसनेबल, आरामदायी र गुणस्तरीय कपडा मनपर्छ । यस राशिका व्यक्तिहरुलाई ब्रान्डमा विश्वास हुन्छ ।

कन्या राशि – एक पटक लगाएको कपडा वा शैली फेरि लगाउन मन पराउँदैनन् । यस राशिका व्यक्तिलाई धेरै प्रकारका पहिरनभन्दा पनि उत्कृष्ट एउटा ड्रेस मन पर्छ ।

तुला राशि – तुला राशिका व्यक्तिलाई पहिरनबाहेक, गहना, जुत्ता सबै मिलेको लगाउँन मन लाग्छ । हल्का रंग मन पराउँने यी व्यक्तिलाई सबै कुरा परफेक्ट मन पर्छ ।

वृश्चिक राशि – यस राशिका व्यक्तिलाई आफूले लगाएको कपडा सबैभन्दा अलग छ कि छैन भन्ने कुराको चिन्ता सँधै लागिरहेको हुन्छ । सबैभन्दा अलग र सबैको आँखाको केन्द्र बन्न सकु भन्ने इच्छा हुन्छ ।

धनु राशि – आफूलाई सजिलो महसुश गराउँने कपडा मन पराउँछन् । धनु राशिलाई सामाजिक रुपले ठिक नहुने पहिरन लगाउँन मन पराउँदैनन् ।

मकर राशि – सबै रंग समान लाग्छन्, तर बिशेषगरी गाढा रंग मन पराउने मकर राशिका व्यत्तिmलाई जुन–सुकै पहिरनले सुहाउँछ वा सुहाउँदैन फरक पर्दैन ।

कुम्भ राशि – यस राशिका व्यक्तिलाई आफ्नो जुनसुकै चीजलाई कलात्मक बनाउँन मन पर्छ । आफूले लगाउँने पहिरनलाई पनि केही आफ्नो कला मिसाएर लगाउँन चाहान्छन् । पुराना कपडालाई पनि नयाँ ढाँचा दिएर प्रयोग गर्न चाहान्छन् ।

मीन राशि – सिमित रंगमा अड्किरहन चाहदैनन् । धेरै वटा रंगमा एउटा छान्न रुचाउँछन् । फेसन सेन्स भएको र ब्रान्डलाई पछ्याउँने गर्छन् ।

यो पढ्नुस्।

आजको राशिफल