गर्मी मोसममा आरु केही फाइदाजनक फल साबिन हुनसक्छ । हल्का गुलियो हुनु यसको बिशेषता हो, यसबाहेक यसमा रहेको इन्जाइम, भिटामिन र फाइबर पाइन्छन् । जान्नुहोस्, आरुले स्वास्थ्यलाई गर्ने फाइदाहरु :

आँखाका लागि – आरुको बोक्रामा पनि केही मात्रामा भिटामिन र मिनरल्स पाइन्छन् । यसले आँखालाई स्वास्थ्य र दृ्श्य शक्ति बढाउँनका मद्दत गर्छ । आरुमा बीटा क्यारटीन नामक तत्व पाइन्छ, जसले शरीरमा भिटामिन ‘ए’ बन्नका लागि आवश्यक हुन्छ । भिटामिन ‘ए’ले आँखामा रेटिनालाई स्वस्थ्य राख्नमा धेरै मद्दत गर्छ ।

तौल नियन्त्रण गर्छ – यसले तौल कम गर्न पनि मद्दत गर्छ । आरुमा रहेको ८० प्रतिशत पानी र फाइबर भरपूर मात्रामा पाइन्छ । यसमा क्यालोरीको मात्रा कम हुन्छ । आरुमा रहेको फाइबरको मात्रा पेट र कलेजोबाट टोक्सिनलाई हटाउँनेमा मद्दत गर्छ ।

एन्टी–ओक्सीडेन्ट्सले भरिएको – आरुमा आवश्यक ऐन्टीओक्सिडेन्ट्स हुन्छ, जसले वृद्धावस्थाको प्रक्रियासँग लड्न सक्षम रहन्छ । यसमा भिटामिन–सी बढी मात्रामा पाइन्छ, जसले एन्टिओक्सिडेन्टले जस्तै काम गर्छ । यसले रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

मृगौलाका लागि लाभदायी – यसमा पाइने पोटासियमले मृगौलीका लागि फाइदाजक हुन्छ । यसले तपाईको पिसाब थैलीका लागि एक क्लिंजिंग एजेन्टको रुपमा काम गर्छ, जसले गर्दा मृगौलासँग जोडिएका बिरामी टाढा भाग्छन् ।

हड्डि बलियो – आरुमा पाइने क्याल्सियम र फस्फोरसले हड्डिलाई बलियो बनाउँनका साथै दाँतलाई पनि बलियो बनाउँछ ।