के तपाईलाई थाहा छ, चुम्बन एक रमाइलो गर्ने माध्यम मात्र नभई स्वस्थ्य तन्दुरुस्त रहनका लागि पनि ठूलो भूमिका खेल्छ ? हो, युवा–युवतीबीच हुने किस अर्थात् चुम्बनका धेरै फाइदाहरु छन् ।kiss-302893015

दैनिक चुम्बन गर्नाले तनाव भाग्छ भन्ने कुरा तपाईलाई थाहा नहुन सक्छ । यो एक प्रकारको मेडिटेसन अर्थात् ध्यानकै रुपमा लिन सकिन्छ । चुम्बनले नकारात्मक भावना दिमागबाट हटाई आफू दुःखी थिए भन्ने कुरा भुलाइदिन्छ ।

यस्तै चुम्बन गरिरहेका बेला तपाईको अनुहारको मांसपेशी सक्रिय बन्छन्, जसले गर्दा चाउरीपन चाँडै आउन दिँदैन र तपाई बढी उमेरमा पनि भर्खरको देखिन थाल्नुहुन्छ ।

‘किस’ले शरीरमा प्रतिरक्षा क्षमता बढाउँछ । समग्रमा, चुम्बनले तपाईलाई रोग लाग्नबाट बचाउँछ । एक तरिकाले चुम्बनले एक भ्याक्सिनको कामसमेत गर्छ ।

यदि तपाई आफ्नो जोडीलाई ‘फ्रेन्च किस’ अथात् सक्रिय चुम्बन गर्नुहुन्छ भने तपाईको मुखमा रहेको ब्याक्टेरिया हटेर जान्छ, जसले गर्दा दाँतसम्बन्धि रोगबाट सजिलै बच्न सक्नुहुन्छ ।

यतिमात्र होइन, युवा–युवतीबीच हुने चुम्बनले उनीहरुमा रहेको हर्मोन साटासाट हुने भई अनुहारमा हुने एलर्जी जस्तै डण्डिफोर पनि हटेर जान्छ ।

यो पढ्नुस्।

चुम्बन गर्नु अघि कहिल्यै पनि नभन्नुस् यी ५ कुरा