विश्वका सबै मानिसको एक समान चीज हो, ‘सफलता’ । यो एक यस्तो चीज हो, जसको चाहाना सबैलाई हुन्छ । यद्यपी, ‘सफलता’लाई लिएर एक सानो अन्तर पनि हुन्छ, मानिसका लागि सफलताको महत्व परिवर्तन हुँदैजान्छ । जान्नुहोस्, विश्वका चर्चित र सफल व्यक्तित्वको सफलताका मन्त्र ।

१. म्याडोना – अमेरिकी चर्चित गायिका, संगीतकार, अभिनेत्री तथा व्यावसायी महिला जसले सयौँ हिट दिइन् । म्याडोनाले सफलताको मन्त्र भनेकी थिइन्, ‘धेरैजसो मानिस आफू के चाहान्छु भन्ने कुरा भन्नबाट डराउँछन्, त्यसैले उनीहरु त्यो चीज कहिल्यै पाउँन सक्दैनन् ।’

२. नेल्सन मण्डेला – दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेला भन्छन्, ‘आफ्नो इच्छाहरुलाई शिखरमा पुर्याउँनु अघि धेरै पटक मृत्युको सामाना गर्नुपर्छ ।

३. मोहम्मद अली – विश्व चर्चित अमेरिकी बक्सर मोहम्मद अली, जसले अमेरिकाका लागि नयाँ इतिहास लेखे । मोहम्मदले भनेका थिए, अमेरिकाका लागि नयाँ इतिहास लेखे । मोहम्मदले भनेका थिए, ‘मैले कहिल्यै हार्ने बारे सोचिन, खाली यति सोच्छु, जे गर्छु पूरा ऊर्जाका साथ गर्छू ।’

४. ओस्कार वाईल्ड – ओस्कार वाईल्ड आयरल्यान्डका चर्चित नाटककार, उपन्यासकार, निबन्धकार तथा कवि हुन्, जो पछि गएर लण्डनका सबैभन्दा चर्चित नाटककार बने । उनले भनेका थिए, ‘तपाई जो हो त्यही बनिरहनुहोस्, सहज रहनुहोस् । मानिसले तपाईलाई त्यही रुपमा स्वीकार्छन्, जस्तो तपाई हुनुहुन्छ ।’