७ असोज, काठमाडौं।

जापानमा रहँदै आएका गुल्मी चिसाखोला निवासी हरिलाल सापकोटाको मृत्यु भएको छ। फोक्सोका क्यान्सरले पीडित ७२ वर्षिय सापकोटाको जापानमै उपचार हुँदै थियो।

अस्पतालबाट डिस्चार्ज भएको ४ दिन पछि सापकोटाको मृत्यु भएको हो। उनको अन्तेष्टि भोलि शनिबार टोकियो मै गरिने भएको छ।