१५ असोज, काठमाडौं।

टोकियोमा कार्यरत एक नेपाली युवकको मृत्यु भएको खबर छ। १० महिना अघि जापान आएका स्याङ्जा निवासी दिपक केसीको मृत्यु भएको हो।

टोकियो गोतागाया कु गोतोजीमा बस्दै आएका केसी शुक्रबार राती सामान्य अवस्थामा सुतेका, विहान ४ बजे पिसा फेरेर फेरी सुतेका उनी बिहान अचेत भेटिएपछि अस्पताल लगिएको थियो।

उनलाई अस्पतालमा मृत घोषित गरिएको छ।

यहि दशैँमा घरजाने र विहे गर्ने तयारीमा रहेका उनी मुटुमा आएको समस्याले रक्तसञ्चार प्रकृया रोकिएर मृत्यु भएको अस्पतालले जनाएको छ।

उनको पारिवारिक अवस्था निकै कमजोर भएको र जापान आएको ऋणसमेत तिरिनसकिएकाले स्याङ्ज समाजले जापानवासी नेपालीहरुमा आग्रह गरेको छ।