२६ पुस, एजेन्सी । दक्षिण कोरियामा रहेका जापानी कूटनीतिक नियोगहरू वाहिर ‘कम्फर्ट वोमन’ को मुर्तिहरू राखिएपछि दुवै देशबीच तनाव बढेको छ । kamphart-woman

हिजोआज दक्षिण कोरियामा लगातार जापानविरोधी प्रदर्शनहरू भइरहेका छन् । यीनै प्रदर्शनकारीहरूले यी कूटनीतिक नियोगहरू अगाडि ‘कम्फर्ट वोमेन’ को मुर्तीहरू राखिदिएको बताइएको छ ।

‘कम्फर्ट वोमन’ तीनलाई भनिन्छ, जो दोश्रो विश्व युद्धको दौरान जापानले आफ्ना सेनाका लागि बलपूर्वक यौन दासी बनाएको थियो । यिनै दासीका विषयमा जापान र दक्षिण कोरियाबीच विवाद कायम छ ।

वढ्दो विवाद जापान विरोधी प्रदर्शनका कारण गतहप्ता नै जापानले आफ्नो राजदूतलाई कोरियाबाट फिर्ता बोलाएको छ । यसैबीच प्रदर्शनकारीले जापानी नियोगहरूका अगाडि ‘कम्फर्ट’ वामेन’ को मुर्ती राख्ने अभियान चलाएका हुन् ।

दक्षिण कोरियामा नयाँ सरकार आएसंगै यो विषयले चर्कोरुप लिएको बताइन्छ । कतिपय कोरियाली अधिकारीले भने ‘कम्फर्ट’ वोमेनको यो अभियानले ती यौन दासीहरूको पीडामा मल्हम नलाग्ने बताउने गरेका छन् । जापानले उनीहरूको सम्मानजनक जीवनयापनका लागि क्षतिपुर्ति दिनु पर्ने माग रहेको छ ।