बलिउड नायिका क्याट्रिना कैफलाइ जाहन्वी कपुरले जिममा छोटो सर्ट्स लगाउँदा चिन्ता लाग्छ। नेहा धुपियाको च्याट शो बीएफएफ विद भोगमा गेस्ट भएर गएकी क्याट्रिनाले जाहन्वीका छोटो प्यान्टबारे टिप्पणी गरेकी हुन।

जिम अनि वर्कआउट लुकको मामलामा हद पार कसले गर्छ भन्ने प्रश्नमा क्याट्रिनाले जाहन्वीको नाम लिएकी हुन।

यस्तो थियो क्याट्रिनाको पुरा जवाफ

‘अरु कोही होइन,जिममा जाहन्वी कपुरको निकै छोटो सर्ट्स देखेर मलाइ चिन्ता लाग्छ। उनी मेरै जिममा आउँछिन्। हामी एकसाथ वर्कआउट पनि गर्छौ। कहिले कहिले मलाइ उनको बारेमा चिन्ता लाग्छ।’

यो कार्यक्रमको सानो क्लिप नेहाले इन्स्टाग्राममा केही दिन अगाडी नै सेयर गरेकी थिइन। जसमा ‘अन्तिम पटक कहिले कसैले सेक्सी फिल गराएको थियो?’ भन्ने प्रश्न गरिएकोमा क्याट्रिनाले ‘अघिल्लो रात’ जवाफ दिएको संवाद छ। शोमा क्याट्रिना आफ्नी साथी डिजाइनर अनाइता श्रोफसंग सहभागी भएकी थिइन।

भारतको प्रमोशनमा व्यस्त क्याट्रिना

क्याट्रिना अहिले फिल्म ‘भारत’को प्रमोशनमा व्यस्त छिन्। यो जून ५ मा रिलिज हुँदैछ। निर्देशन अली अब्बास जफरको यो फिल्ममा सलमान खानको मूख्य भूमिका छ। फिल्ममा दिशा पाटनी, ज्याकी श्रोफ र सुनील ग्रोवरको पनि मूख्य भूमिकामा देखिनेछन्।