कुशल श्रेष्ठ

लामखुट्टेबाट सर्ने ‘जिका भाइरस’ सबैभन्दा पहिला सन् २००७ मा प्यासिफिकमा देखा परेको थियो। त्यसपछि सन् २०१३ मा फ्रान्सेली राज्यहरूमा देखिएको रिपोर्ट आएको थियो भने सन् २०१५ मा अमेरिकी मुलुक (ब्राजिल र कोलम्बिया) र अफ्रिकी मुलुकमा यो भाइरसको बिगबिगी छाएको छ।Image20161401159

हाल, २२ भन्दा बढि अमेरिकी देशहरूमा जिका भाइरसले सङ्क्रमण गराइसकेको छ भने यो अझै फैलिने क्रममा रहेको विज्ञहरू बताउँछन्।

जिका भाइरसको बारेमा सबैले जान्नै पर्ने कुराहरू यस प्रकार रहेका छन्ः
  • ‘जिका भाइरस’ (Zika Virus) ‘एडिज लामखुट्टे’बाट सर्ने भाइरसको नाम हो।
  • यस भाइरसबाट सङ्क्रमीत व्यक्तिहरूमा साधारण ज्वरो आउने, छाला रातो भएर पासेको जस्तो हुने अनि आँखाको सेतो भागमा सङ्क्रमण हुने जस्ता लक्षणहरू देखा पर्दछ। यी लक्षणहरू साधारणतयाः २ देखि ७ दिनसम्म देखा पर्ने चिकित्सकहरू बताउँछन्।
  • यस भाइरसको लागी हाल कुनै पनि उपचार अथवा खोप बनिसकेको छैन।
  • हाल, यसको रोकथाम गर्ने एउटै विधि भनेको लामखुट्टेको टोकाइबाट बच्ने नै हो।
  • यो भाइरस अफ्रिका, अमेरिका, एसिया र प्यासिफिकमा फैलिसकेको पत्ता लागेको छ।
सङ्केत तथा लक्षणहरूः
  • यसबाट सङ्क्रमण भैसकेपछि डुङ्ग्यूको जस्तै हलुका ज्वरो आउने, छाला चिलाउने, आँखाको सेतो भागमा सङ्क्रमण हुने, मांशपेसी तथा जोर्नीहरू दुख्ने, टाउको दुख्ने लक्षणहरू देखा पर्दछन्। साधारणतयाः यी लक्षणहरू २ देखि ७ दिनसम्म देखा पर्दछन्।
  • जिका भाइरसको बारेमा अध्ययन गरिरहेका स्वास्थ्य एजेन्सीहरूले जिका भाइरस र ‘माइक्रोसेफली’को बीचमा बलियो सम्बन्ध फेला पारेका छन्। ‘माइक्रोसेफली’ (Microcephaly) यस्तो शारीरिक अवस्था हो, जसले गर्दा नवजात शिशुहरूको टाउको जन्मिँदै देखि सानो हुने र पछि मस्तिष्कको विकासमा बाधा पुग्ने गर्दछ।

    MIcrocephaly

    माइक्रोसेफलीबाट ग्रसित व्यक्ति

सर्ने माध्यम
  • जिका भाइरसबाट सङ्क्रमीत लामखुट्टे (एडिज जिन भएका) को टोकाइबाट यो भाइरस मानिसहरूमा सर्ने गर्दछ। यो त्यहि लामखुट्टे हो जसले डेङ्ग्यू तथा पहेँले ज्वरो ल्याउँछ।
पत्ता लगाउने विधि
  • पिसीआर (PCR- Polymerase chain reaction) र रगत जाँच गरेर शरीरमा जिका भाइरस छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ।
रोकथाम
  • लामखुट्टे फैलिने स्थल (जस्तै; फोहोर पानी जमेको ठाउँ) बाट जिका भाइरस आउन सक्दछ। त्यसैले घर वरिपरी फोहोर पानी जमेको ठाउँहरू छन् भने त्यसलाई हटाउने, राती सुत्दा झुल लगाएर अथवा लामखुट्टे धपाउने धुप बालेर अनि शरीरको अधिकांश भागलाई पातलो लुगाले ढाकेर सुत्नुपर्दछ। जसरी हुन्छ, लामुखुट्टेको टोकाइबाट बच्नु नै यो सङ्क्रमणको रोकथाम विधि हुन जान्छ।
यो पनि हेर्नुहोस्-
लामखुट्टेले दुःख दियो ? यसो गर्नुस् (भिडियो सहित)
माइक्रोसफ्टको ड्रोन जसले समात्छ लामखुट्टे
नुन कत्तिको खानुहुन्छ? विचार पुर्याउनुहोस् है
डाक्टरले भनेअनुसारको सबै एन्टिबायोटिक्स खानु किन जरुरी हुन्छ?
५ मिनेटमै दाँत चम्काउने अचुक उपाय