६ असोज, बारा ।
बाराको जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ मा रहेको मत परिणाममा फरक परेपछि वडा नम्बर ७ को मतगणना रोकिएको छ । मतपरिणाम सार्वजनिक गर्दा १० मत फरक परेपछि नेकपा एमालेले पुनः मतगणना गर्न माग गरेपछि गणना रोकिएको हो ।

गणना गर्दा कर्मचारीले मतपरिणाम कम गरेको भन्दै गणना गर्न बसेको प्रतिनिधीले गुनासो गरेपछि एमालेले पुनः मतगणना गर्न माग गरेको छ । मतगणना गर्ने क्रममा प्रतिनिधीको गणनामा ३१ हुदा निर्वाचन कार्यलयको कर्मचारीले २१ मत मात्र लेखेको पाइएको छ ।

३ हजार २ सय ८४ मत खसेको वडा नम्बर ७ मा ३ हजार एक सय मत गणना हुँदा एमालेको मत कम १० ले कम भएको पाइए पछि वडा अध्यक्षका उमेदवार सुनिल गुप्ताले मतगणना गर्न निर्वाचन प्रमुखसंग माग गरेका हुन् ।

गुप्ताले जितपुरसिमरा उपमहानगरपालिकाका क्रमचारी राजेश शर्माको मिलोमतोमा मतगणनमा चलखेल भएको आरोप लगाएका छन ।

यता निर्वाचन अधिकृत भीमप्रसाद भुर्तेलले मत गणना भएको मतपत्रको पुनः गणना गर्न नसक्ने प्रतिक्रिया दिएका छन । सबैको सहमतिमा मतपत्र सार्वजनिक गरेको भन्दै कुनैपनि हालतमा मतपत्र गणना नहुने उनको भनाई छ ।

यता नेपाली कांग्रेसका वडा अध्यक्षका उमेदवार रामबाबु गुप्ताले फेरी पुनः गणना गर्न नदिने बताएका छन ।