काठमाडौं, ९ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर ह्यान्डलबाट चौकिदार शब्द हटाएका छन् ।

चुनावी नतिजा आइरहँदा मोदीले ट्वीटर ह्याण्डल परिवर्तन गरेका हुन् । मोदीले ट्वीट गर्दै भनेका छन् “अब, चौकिदार भावनालाई अर्को स्तरमा लैजाने समय आएको छ, यो भावनालाई हरेक क्षण बचाईराख्नुस् र भारतको प्रगतीका लागि काम गर्दै जानुस्” ।

मौदीले चौकीदार शब्द आफ्नो ट्वीटर ह्याण्डलबाट हटेपनि आफ्नो मनमा सदेैव रहिरहने प्रतिक्रिया दिएका छन् ।