एजेन्सी ।

के तपाइँ आफ्नो बच्चालाई के कुरा मन पर्छ वा उसलाई के कुरामा लगाव छ भन्ने अलमल भैरहेको छ? उसलाई विज्ञानमा चाख छ कि कलामा भन्ने दोधारमा हुनुहुन्छ भने पत्ता लगाउने विधी आएको छ ।

जिनका आधारमा कुन बच्चालाई के कुरामा चाख छ भन्ने थाहा पाउन सकिने बैज्ञानिकहरुले बताएका छन् ।

Genes 1

हालै गरिएको एक शोधका क्रममा बंशाणुगत जीनका आधारमा नै कुन मानिसलाई के मन पर्छ र कुन विषयमा पढ्दा अघि बढ्न सक्छ भन्ने थाहा पाउन सकिने दावी शोधकर्ताहरुले गरेका छन् ।

Genes

किङ्गस् कलेज लण्डनका प्राध्यापक रोबर्ट प्लोमिनले शोधका क्रममा कुनै पनि बच्चालाई कुन विषय मन पर्छ भन्ने थाहा पाउन सकिने बताए । जीनको आधारमा यस्तो कुरा थाहा हुने उनको भनाइ छ ।

उनले २ वर्ष सम्म १० हजार भन्दा बढी बच्चामा यो अध्यन गरेका थिए ।