९ भदौ, जुम्ला । पातारासी गाउँपालिकाको डिल्लीचौर लोर्पा गाउँनजिक भएको जिप दुर्घटनाका बेपत्ता दत्त बुढाको शव फेला परेको छ ।

भे १ च २१४४ नंको महिन्द्रा जिप बुधबार दुर्घटना भई तिलानदीमा खस्दा उनी बेपत्ता भएका थिए । उनी बेपत्ता भएसँगै प्रहरी र स्थानीय समुदाय उद्धार कार्यमा खटिएपनि राति भएकाले उनलाई भेटृाउन सकिएको थिएन ।

बिहीबार बिहानैदेखि भगवती दल गण, जुम्लाका गणपति सुशीलकुमार थापा र प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्ले नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले गाडीभित्रै शव फेला पारेको हो ।