स्वास्थ्य सम्बन्धी धेरै समस्याको संकेत गर्छ जिब्रोले । यदि हामी चिकित्सक कहाँ गयौ भने हाम्रो जिब्रो हेरेर पत्ता लगाउँछन् हामी स्वास्थ्य भए नभएको ।

tongue

जिब्रो सेतो हुनु – जिब्रोमा बाक्लो सेतो रंग हुनु अपच, एसिडटी र कमजोरीको संकेत हो ।

पहेंलो हुनु – जिब्रो पहेंलो हुनु चिसो, भाइरल संक्रमणको संकेत हो । त्यस्तै आन्द्रामा समस्या र अपचको समस्याको संकेत पनि हो ।

चम्किलो रातो जिब्रो – रातो जिब्रो हुनु ज्वरो, रगतमा संक्रमणको समस्याको संकेत हो । भित्री घाउ वा संक्रमण पनि हुन सक्छ ।

हल्का पहेँलो – रगतको कमी, पोलियो, कमजोरी, आन्द्रा सुन्निएको, निन्द्रा नपुग्नु र थकानको संकेत हो ।

बैगुनी–निलो जिब्रो – भिटामिन बि –२ को कमी, शरीरमा दुख्नु वा सुन्निु, महिलाहरुमा महिनावारीको समयमा पेट दुख्नु आदिको संकेत गर्छ । औषधीको असर पनि हुनसक्छ ।

जिब्रो अघिल्लो भाग रातो हुनु – शरीरमा कमजोरी र मानसिक समस्याको संकेत हो ।

जिब्रो दुवै किनारामा रातो हुनु – यो पेटसम्बन्धि समस्याको संकेत हो ।

जिब्रोमा सेतो दाग – यस्तो हुनु शरीरमा धेरै किसिमको संक्रमणको संकेत हो । यो धेरै पसिना आउने संकेत पनि हो ।

स्वस्थ जिब्रो – स्वस्थ जिब्रो हल्का गुलाबी, नरम हुन्छ र दागधब्बा पनि हुँदैन ।