फिटनेस तथा आकर्षक शरीरको लागी कैयौ युवा जिम धाउने गर्दछन् । सोही समयमा कैयौ व्यक्तिले विभिन्नखाले गल्तीहरु गरिरहेका हुन्छन् । जसको कारण स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । यदि यस्ता गल्ती दैनिक दोहोर्याउन थालियो भने स्वास्थ्यमा सुधार आउनुको साटो उल्टै बिग्रने हुन सक्छ । त्यसैले जिमको समयमा होसियारी पुर्याउनु पर्ने हुन्छ ।
१. वाम अप नगर्नु – जिम गएर वार्मअप तथा स्ट्रेचिङ नगरी सिधै मेसिनमा एक्सरसाइज गर्नाले पिठ्यु अड्किने तथा शरीर दुख्ने समस्या उत्पन्न हुन सक्छ । त्यसैले ५, १० मिनेट जति वामअप गर्नुस् ।

२. मशिनलाई उपयुक्त ढंगले मिलाउनुस् –जिम गर्ने मेशिन प्राय दोस्रो स्ट्यान्डर्समा अडिएको हुन्छ । व्यायाम् गर्नुअघि मेशिनलाई आफ्नै तरिकाले मिलाउनु पर्दछ । नत्र शरीरमा चोट लाग्ने तथा शरीर दुख्ने समस्या हुन सक्छ ।

३. बीचमा व्रेक लिनुस् -जिमको समयमा थकान महशुस हुन सक्छ । यस्तो अवस्थामा बेला बेलामा २, ३ मिनेटको छोटो ब्रेक लिनुपर्छ ।

४. तौल नलिनु –शरीरमा छिटो असर देखाउको लागी शुरुवातमै गह्रौ तौल उठाउलाले मांशपेशी बिग्रन सक्छ । त्यसैले फिटनेस तालिमकर्तासंग सोधेर मात्र बिस्तारै तौल बढाउनुस् ।

५. खालीपेट गरिने अभ्यास -भोको पेट वर्कआउट गर्नाले शरीरको उर्जामा ह्रास आउँछ । कारण जिम गर्दा शरीरले प्रशस्त रुपमा प्रस्तुत हुन सक्दैन । त्यसैले वर्कआउट गर्नु भन्दा १५ मिनेट अघि फलफुल तथा हल्का खानेकुरा खानुपर्छ ।

६. प्रोटिन धेरै खानु -जिम जाने व्यक्तिलाई प्राय लाग्छ कि आफ्नो शरीरलाई धेरै नै प्रोटिनयुक्त खाना चाहिन्छ । तर आवश्यकता भन्दा बढि मात्रामा प्रोटिन खानाले शरीरमा नकारात्मक असर पर्नुका साथै तौल घट्नमा समेत ढिलाई हुुन्छ ।

७. पानी- जिम गरेको १५ मिनेट सम्ममा पानी पिउनु हुदैन । यदि १५ मिनेट पछि पनि पानी नपिएमा डिहाइड्रेशन हुन सक्छ ।

८. कार्वोहाइड्रेट -खानामा कार्वोहाइड्रेटयुक्त खाना नखानाले शरीरको शक्ति कम हुदै जान्छ । कारण थकाई तथा कमजोरी महशुस हुन्छ ।

९. चिल्लो पदार्थ – खानामा स्वस्थ चिल्लो पदार्थयुक्त खाना जस्तै बदाम, काजु, नरिवल नखानाले डिप्रेशन तथा शरिरको शक्ति कमजोर हुदै जान्छ ।

१० कफी पिउनु -जिम गरिरहेको बेला शरीरबाट पसिना निस्कन्छ । यस्तो अवस्थामा तुरुन्तै कफी पिउनाले डिहाइड्रेसन हुन सक्छ ।