कुशल श्रेष्ठ

यदि जिम जाने सोँच्नुभएको छ र आफ्नो शरीरमा हृष्टपुष्ट अनि सुसंगठित बनाउने इच्छा राख्नुभएको छ भने सुरुमा ‘जिम जानुहोस्’। पहिला एक हप्तासम्म गएर विचार गर्नुहोस्। गएर हलुका व्यायाम गर्नुहोस्, थोरैथोरै तौल उचाल्नुहोस्। हप्ताको सातै दिन जाने प्रयास गर्नुहोस्। यदि तपाईँले त्यति गर्न सक्नुभयो र अझै पनि गर्ने इच्छा बाँचेको छ भने बल्ल कतिबेला के-कस्तो खानेकुरा खाने भन्ने बारे सोँच्नुहोस्।

यो कुराको अवगत गराउनु जरुरी हुन्छ, किनभने जिम गएर कसरत गर्नु सोँचेको जस्तो सजिलो हुँदैन। सुरुको १/२ हप्तासम्म तपाईँले एकदमै बढि पीडा सहनुपर्ने हुन्छ। तपाईँको मांशपेसीमा खलबली मच्चिन थाल्छ, जसको कारण तपाईँको दैनिकी अप्ठ्यारोमा पर्न सक्दछ। समस्या यहिँनेर आउँछ। अधिकांशले यस्तो पीडा सहन नसकी बीचमै जिम जान छाडिदिन्छन्।

खैर, त्यो कुरा छाडिदिऊँ!

जिम जान थालेपछि तपाईँले आफ्नो शारीरिक सरसफाई र स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। विहानमा उठ्ने बानी, खानेबानी अनि सुत्ने बानीमा पनि थोरै परिवर्तन ल्याउनुपर्ने हुन्छ।I Started Gym, What to Eat

सर्वप्रथम, तपाईँले कुन बेला जिम जाने सोँच्नुभएको छ? विहान या साँझमा? स्वास्थ्य विशेषज्ञहरूको सल्लाह अनुसार, आफूलाई जुन समय उचित हुन्छ अथवा जुन समयमा नियमित व्यायाम गर्ने बानी बसाल्न सकिन्छ, त्यहि समयमा व्यायाम गर्नु उचित हुन्छ। तरपनि हालै भएको एक अध्ययनबाट साँझको समयमा शारीरिक कसरत गर्नु फलदायी हुन्छ भन्ने पत्ता लागेको छ।

खानेबानी

नियमित जिम गर्न थालेपछि तपाईँको शरीरको पौष्टिक आवश्यकता पनि अलि भिन्न हुँदै जान्छ। त्यसमाथि गुणस्तरयुक्त सन्तुलित भोजनले तपाईँलाई जिममा चाहिने जाँगर र शक्तिको आपूर्ती गर्दछ।Dog dinner plate

विहानको खाजा

यदि शरीरलाई हृष्टपुष्ट गराउन चाहनुहुन्छ भने विहानको ब्रेकफास्ट खान कहिल्यै पनि छुटाउनुहुँदैन। जिम चाहे जुनसुकै समयमा गएपनि विहानको खाजा सबैको लागि महत्वपूर्ण हुन्छ। विहानको समयमा तपाइँको शरीरमा सुगरको मात्रा कमि हुन्छ, जसको कारण शरीरले पर्याप्त ऊर्जा उत्पन्न गराउन सकेको हुँदैन। विहानको खाजाले त्यो गुमेको ऊर्जालाई फिर्ता ल्याउन मद्दत गर्दछ र ‘मायोक्लिनिक.कम‘का अनुसार, विहानको खाजा खान छुटाउँदा मोटोपनाको समेत खतरा बढ्दछ।Morning Breakfast

  • विहानको खाजामा प्रोटिन मिसाउनुहोस्, जसले विहानको खाना नखाउञ्जेलसम्म पेटलाई भरि राख्दछ र मांशपेसीलाई बलियो बनाउन मद्दत गर्दछ।
  • अण्डा चना खानुहोस्।
  • दूधचिया नपिउनुहोस्, यसले ग्यास्ट्रिक बढाउँदछ। तर सादा दूध पिउँदा त्यसबाट क्याल्सियम पाउन सकिन्छ।
  • बदाम खानुहोस्।
  • अवोकाडोको आधा भाग खानुहोस्।
जिम जानुभन्दा पहिला
  • व्यायाम गर्नुभन्दा ठीक अगाडि कहिल्यै पनि केहि पनि नखानुहोस्, यसले कसरत गर्नेबेला अल्छी बनाउँदछ र पेटलाई असर पुग्न सक्दछ।
  • तथापी, व्यायाम गर्नेबेला शरीरमा ऊर्जाको सञ्चार गराइराख्नको लागि जिम जानुभन्दा १ घण्टाअगाडि केहि खानु उत्तम हुन्छ।
  • कार्बोहाइड्रेट्स खानुहोस्, जसले प्रशस्त ऊर्जा दिन्छ र पचाउन सजिलो हुन्छ।
  • थोरै भात खाँदा त्यसबाट पर्याप्त कार्बोहाइड्रेट्स पाउन सकिन्छ।
  • कार्बोहाइड्रेट पाइने खानेकुरामा अन्नको आँटा, आलुको तरकारी, गेडागुडी, दाल आदि पर्दछन्।
  • विहान बाँकी रहेको आधा भाग अवोकाडो खानुहोस्। त्यसलगायत अन्य रसिलो फलफूल खानुहोस्।

Bench Press

जिम गएर आएपछि

कसरत पछि खानेकुरा पनि कसरत अघि खानेकुरा जस्तै महत्वपूर्ण हुन्छ। व्यायाम गर्दा तन्किएका मांशपेसी र तन्तूहरूको मर्मत गर्न अनि पसिनाबाट बाहिर निस्किएको तरल पदार्थलाई पुनःप्राप्त गर्न जिमबाट आएको आधा घण्टापछि र २ घण्टाभित्रमा केहि खाइहाल्नुपर्दछ। त्यसैले;

  • फेरि कार्बोहाइड्रेट खानुहोस्, जसले शरीरबाट गुमेको ऊर्जालाई फिर्ता ल्याउँदछ।
  • उसिनेको आलु र उसिनेको भात खानु सबैभन्दा उत्तम हुन्छ।
  • हरीयो सागपात खानुहोस्। धनियाँ नछुटाउनुहोस्, यसले शरीरभित्रका प्रणालीहरूमा जम्मा भएका विषाक्तहरूलाई सफा गर्दछ।
  • प्रोटिनको लागि ब्रोकाउली र माछा खानुहोस्।
  • रसिलो फलफूल र दही खानुहोस्।
पानीको महत्व

जिम जाँदा पहिलासाथमा पानीको बोत्तल लैजानुहुन्थेन भने अब देखि लैजाने गर्नुहोस्। व्यायाम गर्दा अत्याधिक पसिना निस्कने गर्दछ, जसको कारण शरीरमा पानीको कमि हुन बेर लाग्दैन। यदि व्यायाम गर्दा तपाईँको पसिना निस्किँदैन भने बुझ्नुहोस् कि तपाईँको शरीरमा पहिल्यैदेखि पानीको मात्रा कमि भएको छ।Woman Drinking Water During Workout

फेरि पानी पिउने भन्दैमा एकैचोटिमा धेरै पिउनु पनि खतरनाक हुन सक्छ। व्यायाम गर्दा ४/५ मिनेटको अन्तरमा थोरैथोरै पानीले घाँटी भिजाउने गर्नुपर्छ। व्यायाम नगर्दा पनि शरीरमा पानीको कमि हुन दिनुहुँदैन।

महत्वपूर्ण नोट– दिनदिनै कडा व्यायाम गर्दा अनि प्रोटिन, कार्बोहाइड्रेट तथा चिल्लो पदार्थ जस्ता पौष्टिक तत्वहरूको सेवन गर्दा रगतमा विभिन्न किसिमका विषाक्त पदार्थहरू जम्मा भएर मृगौला अनि पित्तथैली तर्फ लम्किन थाल्दछ, जुन पत्थरीमा परिणत हुँदै जान्छ। त्यसैले विहान उठ्नेबित्तीकै १ गिलास चिसो पानीमा ३/४ थोपा कागतीको रस चुहाएर २ गिलास पानी पिउने बानी बसाल्नुहोस्। यसले दिनैभरी तपाईँको शरीरमा स्फूर्ती कायम राख्दछ भने पसिनाको माध्यमबाट विकार तत्वहरू बाहिर पठाउँदछ।

यो पनि हेर्नुहोस्-

कुन समयमा व्यायाम गर्नु उचित हुन्छ- विहान वा साँझ?

के ‘यौन सम्पर्क’लाई व्यायाम भन्न सकिन्छ?

यस्ता ६ सङ्केत देखियो भने तुरुन्तै व्यायाम गर्न रोक्नुहोस्

दैनिक २० मिनेट व्यायाम गर्नुस, रुघाखोकीबाट जोगिनुस

नियमित व्यायामले बढाउछ यौनसन्तुष्टि