एजेन्सी ।

विश्वमा सात वटा मात्र महादेश रहेको कुरा हामी सबैलाई थाहा नै छ । अब यसमा एक अर्को नयाँ महादेश थपिने चर्चा छ । दक्षिण पश्चिम प्रशान्त महासागरमा लगभग पुरै भाग डुबेको यस क्षेत्रको नाम हो जिल्याण्ड ।

भुविज्ञका अनुसार यो क्षेत्र पूर्ण रुपमा पत्ता नलागेको भएपनि यसका केहि उच्च भागहरु समुद्र बाहिर आएको दखिन्छ । यो महाद्धीप बन्न लायकको क्षेत्र छ । त्यसैले यसलाई महादेशको पहिचान दिने कोसिस भइरहेको छ ।

अमेरिकी जियोलोजीकल सोसाइटीमा प्रकाशित एक लेखमा अनुसन्धानकर्ताले भने अनुसार जिल्याण्डको क्षेत्रफल ५० लाख वर्ग किलोमिटर छ । जुन अष्ट्रेलियाभन्दा आकारमा अलिक सानो छ । यसको ९४ प्रतिशत भुभाग पानीमुनि रहेको छ भने केहि टापुहरु तथा अन्य विशाल क्षेत्र पानी बाहिर रहेको देखिन्छ ।

हामीलाई लाग्छ, महादेश बन्नको लागी भूक्षेत्र पानी बाहिर नै रहेको हुनुपर्छ तर अनुसन्धानकर्ताका अनुसार महादेश बन्न अरु कोणबाट पनि हेरिन्छ । न्यूजिल्यान्डका अनुसन्धानकर्ता निक म्यार्मिटका अनुसार, वैज्ञानिकहरु वर्षौ देखि जिल्याण्डलाई आठौ महादेशको पहिचान दिन खोज्दैछन् ।

के साच्चिकै जिल्याण्ड महादेशको श्रेणीमा पर्ला ?  आखिर महादेशलाई मान्यता दिने त्यस्तो कुनै वैज्ञानिक संगठन विश्वमा छैन । भविष्यमा जिल्याण्डलाई महादेशमा समावेश गराइने सम्भावना भने उच्च छ।