एजेन्सी । ‘टाइम इज मनि’ भनेझै घडिले हरेकको दैनिक जिवनमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ । यदि सामान्य कुराको पनि ध्यान दिइएन भने त्यसको ठुलो असर पर्न जान्छ । घर होस् या पसल वा अफिस घडि लगाउदा विभिन्न कुरामा ध्यान दिनुपर्दछ ।

वास्तु विज्ञानका अनुसार घडि कुन दिशातिर लगाउनु उपयुक्त मानिन्छ ?

१. घरको दक्षिण दिशामा भित्तेघडि लगाउनु नराम्रो मानिन्छ । यसले प्रगतिका अवसरहरुमा बाधा पुर्याइरहेको हुन्छ । साथै स्वास्थ्यको दृष्टिकोणले पनि नराम्रो मानिन्छ ।

२. ढोका छेवैमा घडि लगाउनुहुदैन । यसको असरले घरमा आवतजावत गर्दा नकारात्मक शक्ति घडिमा पर्न जान्छ । जसले गर्दा कैयौ कठिनाईको सामना गर्नुपर्ने हुन्छ ।

३.घरमा बन्द घडि राख्नुहुदैन । बन्द घडि राख्नाले सकारात्मक शक्तीको कमी हुदै जान्छ र नकारात्मक प्रभाव पर्दै जान्छ । साथै घडिमा धुलो जम्न दिनुहुदैन ।

४. तकिया मुनि तथा नजिकै घडि राखेर सुत्ने बानी नराम्रो मानिन्छ । यसरी सुत्नाले व्यक्तिको विचारमा नकारात्मक प्रभाव पर्नुका साथै उसको स्वभाव बदलिदै जान्छ ।

५. घरको पश्चिम दिशामा घडि लगाउनु शुभ मानिन्छ । यसो गर्नाले परिवारका सदस्यमा विभिन्न अवसरहरु आउछन् । साथै घरको उत्तर दिशामा लगाएको घडिले धनसम्पति नोक्सान हुन दिदैन ।

६.पेन्डुलम घडि भाग्यशाली मानिन्छ । यसले व्यक्तिको जिवनमा आउने नकारात्मक समयलाई टाढा गरिदिन्छ । र नयाँ अवसर ल्याइदिन्छ ।

७. घडिको सयम सधै सहि राख्नुस् । सहि समयभन्दा अगाडि अथवा पछाडि चल्ने घडिलाई राम्रो मानिदैन । यस्तो घडि व्यक्तिको हार या नोक्सानको कारण बन्दछ ।

८. घरमा हरियो तथा सुन्तला रङ र पसलमा कालो तथा मन्द रङको घडि राख्नुहुदैन । यसो गर्नाले नकारात्मक असर पर्न जान्छ ।

९. घरमा आयताकार तथा वेडमा गोलाकार घडि लगाउनु शुभ मानिन्छ । यसले घरमा सधै शान्ति तथा सद्भाव कायम राख्नमा मद्दत पुर्याउछ ।

यो पढ्नुस्।

वास्तु शास्त्रः पर्समा राख्नुस् यी ५ कुरा कहिल्यै हुँदैन खाली

वास्तु शास्त्र: नराख्नुस् यी ६ चीज घरमा, गरिबी निम्त्याउँछ