६ मंसिर, काठमाडौं । दाङमा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

मंगलवार राति लमही घोराही सडकखण्डको घोराही उपमहानगरपालिका ३ झिङ्नीमा रोकीराखेको रा १ त १२८२ नम्बरको रोकिराखेको टेक्टरमा ना ३ च ११८६ नम्बरको बलेरो जीप ठोक्किँदा ट्याक्टर चालक घोराही ३ का ३२ वर्षीय कलविर चौधरी र जिपमा सवार घोराही १३ वर्षीय १२ वर्षीय अर्पण चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

तीव्र गतिमा रहेको जीप मंगलवार रोकिराखेको ट्याक्टरमा ठोक्किँदा अन्य ४ जना गम्भीर घाईते भएका छन् । घोराही १३ का १३ वर्षीय बगलती चौधरी र १९ की अविरुपी केसी गम्भीर घाईते भएका छन् ।

उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले बताएको छ । घोराही उपमहानगरपालिका ३ का ट्याक्टरका सहचालक ३५ वर्षीय बाचुराम चौधरी, जीपका चालक रोल्पा भुमीगडी गाउँपालिकाका २२ वर्षीय डिलबहादुर वली सामान्य घाईते भएका छन् ।