९ साउन, बाग्लुङ ।

बाग्लुङको बाडिगाड गाउँपालिका–५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जलजलाबाट खर्बाङ तर्फ जाँदै गरेको ध १ ज १८४ नम्बरको जीप १० आज विहान करिब १० बजे दुर्घटना हुँदा ६ जना घाईते भएका छन् ।

घाईते मध्ये १ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यलय बाग्लुङका प्रहरी जवान धनबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार घाईतेहरुको बाग्लुङका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

११ जना यात्रु बोकेको जीप बाटो साघुरो भएका कारण सडकबाट ९ सय मिटर तल खसेको प्रहरीको भनाई छ ।