कहिले काँहि तपाइँलाई लाग्छ कि जीवनको सबैभन्दा राम्रो समय वितिसक्यो अव अफ्ठेरो र झन्झटिलो समय बढ्दै गएको छ । कतिपयले भन्छन् जीवनको शुरुवात ४० वर्ष पछि मात्र हुन्छ । अहिलेको ६० वर्षको उमेर पहिलेकको तुलनामा ५० वर्ष जस्तै मात्र हो ।

खासमा सत्य चाँहि के हो त ? जीवनको सबैभन्दा राम्रो समय कुन हो ?

बिबिसी फ्यूचर भन्ने बिबिसीको शोधमुलक सृंखलामा अध्यनकर्ताहरुले मानिसको जीवनको सबैभन्दा उत्कृष्ठ उमेरबारे नयाँ रहस्य पत्ता लगाएका छन् । खासमा यो अध्यनको नतिजा साँच्चिकै अचम्मित तुल्याउने खालको छ ।


शारीरिक तन्दुरुस्तीः

शारीरिक तन्दुरुस्तीको कुरा गर्दा मानिसको शरीर सबैभन्दा तन्दुरुस्त २० देखि ३० वर्षको उमेरमा हुन्छ । यतिबेला मानिस खेलकुद लगायतका अभ्यासमा लाग्दा थकान महसुस समेत गर्दैन । तर यसपछि भने शारीरिक क्षमतामा गिरावट आउन थाल्छ । यो उमेरपछिका फुटवल खेलाडीमा पनि यही कुरा देखिन्छ ।

prime time of life 1

दिमागी क्षमताको पाटोः

२० वर्ष पछि मानिसको दिमागमा स्मरण क्षमता कमजोर बन्न थाल्छ । नयाँ कुरा सम्झिने क्षमता २० वर्ष सम्मको उमेरमा सबैभन्दा बढी हुन्छ । तर चाहिने जानकारी सम्झिने क्षमता भने ४० वर्षको उमेर सम्म पनि कायम हुन्छ । यस पछि भने सम्झिने क्षमता ह्रास भएर जान्छ ।

prime time of life 3

रचनात्मक कुरामा पनि युवाअवस्था सबैभन्दा राम्रो उमेर हो । अधिकाँश नोवेल पुरस्कार पाएका बैज्ञानिकहरु ४० वर्ष उमेर समूहका छन् । उमेर बढ्दै जाँदा दिमाग पनि ढिलो हुन थाल्छ । पछि पछि चाहिने कुरा सम्झिने क्षमता समेत ह्रास भएर जान्छ । तर मध्यम उमेरमा तर्कशीलता बने बढ्ने अध्यनको निष्कर्ष छ ।

prime time of life 5

समस्याको समाधान पत्ता लगाउने क्षमता पनि पाको उमेरमा बढी राम्रो हुन्छ । शोधमा सहभागी हाभर्ड विश्वविद्यालयका जोश हार्टशोर्न भन्छन्’ यस्तो कुनै उमेर हुँदैन जहाँ सबै कुरा उत्कृष्ठ होस्- या अधिकाँश कुरा राम्रो होस् ।’

prime time of life 2

यौन सम्बन्ध र यौन चाहाना

यौन चाहाना र यौन सम्बन्धबारे यो अध्यनको नतिजा भने धेरैलाई खुसी तुल्याउने खाले छ । यो अध्यनका अनुसार ६५ देखि ७४ वर्ष सम्मका ३० प्रतिशत स्वस्थ ब्यक्तिले हप्तामा एक पटक यौन सम्बन्ध राख्न सक्छन् । सबैभन्दा बढी यौन क्षमता भने २० वर्ष देखि ४० वर्षको उमेरमा हुन्छ । अधिकाँश पुरुष र महिलामा ५० वर्ष पुग्दा सम्म यौन चाहाना नघटेको पाइयो ।

prime time of life

यौन जीवनको आयुबारे अध्यन गरिएको एक शोधका अनुसार ५५ वर्षका पुरुषमा थप १५ वर्ष सम्म यौन सम्बन्ध राख्ने चाहाना पाइयो । सोही उमेरका महिलाले भने थप १० वर्ष सम्म यौन सम्बन्ध राख्न चाहन्थे । यौन सम्बन्ध राख्ने दर घटेपनि ६५ देखि ७४ वर्ष उमेर सम्म ३० प्रतिशत स्वस्थ मानिसले यौन सम्बन्ध राख्न सक्छन् । यौन सम्बन्धको चाहाना घट्ना जीवनमा भने उत्साह थपिने अध्यनको निष्कर्ष छ ।

prime time of life 4

३० देखि ४० वर्ष सम्मको उमेरमा यौनिक जीवन सबैभन्दा सक्रिय हुने अध्यनले देखाएको छ । मानसिकरुपमा भने मानिस ४० वर्ष देखि ६० वर्ष सम्ममा सबैभन्दा राम्रो अवस्थामा हुने देखिन्छ । तर अध्यनकर्ता भन्छन् कुनै पनि समय सबै कुराको लागि राम्रो समय हुन सक्दैन ।

यौन जीवन र आयु

जीवनमा शारीरिक अभ्यास गर्नु अमृत समान रहेको विश्लेषकहरुले बताएका छन् । जीवनमा अन्य भन्दा ५ वर्ष बढी यौनिकरुपमा सक्रिय हुने मानिसको आयु समेत बढी हुने अध्यनको निष्कर्ष छ । हाम्रो मानसिक अवस्था जीवनमा सबैभन्दा महत्वपूर्ण हुने र कुन मानिसको जीवन कस्तो हुने भन्ने कुरा त्यसैले निर्धारण गर्ने मनोबैज्ञानिकहरुको भनाइ छ । जुन मानिसले आफ्ना सीमा बुझेर जीवनमा कदम चाल्छ त्यही मानिस नै सबैभन्दा सुखी हुन्छ ।

बिबिसी फ्युचरको फिचरमा आधारित ।