राजनीति गर्दै माथि पुग्ने मन्त्री बन्ने धेरै नेताको सपना हुन्छ । मन्त्रीकै लागि केही नेताले निक्कै चाकडी र चाप्लुसी गर्छन् । रोजेको, खोजेको मन्त्रालयका लागि लडाईं गर्छन् । तर, बिहीबार नागरिक उड्ययन, संस्कृति, पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका हुम्ला सांसद एवं केन्द्रीय सदस्य जीवनबहादुर शाहीको हकमा भने यी मान्यता गलत सावित हुन पुगे । सम्भत शाही यस्ता पात्र र नेता हुन् जसले नमाकीनै आफ्नै रुचीको मन्त्रालयको जिम्मेवारी पाए । यस्तो छ उनको रोचक कहानीः

कर्णालीको विकट जिल्ला हुम्लाको खारपुनाथ ४ मा २०२१ सालमा जन्मिएको हुँ । आमा बेलकली शाही साक्षर हुनुहुन्थ्यो । तर, नपढे पनि आमामा चेतनशील मानिस भन्दा कम चेतना थिएन । तर, बाबु मानबहादुर शाही जिल्ला पंचायतमा खरिदारका गर्नुहुन्थ्यो । बाबुको जागिरले मात्र धान्ने अवस्था थिएन । विकट जिल्ला भए पनि कोदो, फापर हुने जग्गा थियो । घोडा, भेडा र चौरी पालिएका थिए । किनकी पाँच जनाको परिवारलाई धान्न बाबुको थोरै पैसा आउने जागिरले मात्र धान्ने थिएन ।

Jiban Bahadur Sahi

कम तलवमा काम गरेका बाबुको सोच गाउँको जति कक्षासम्को स्कूल छ त्यहीमात्र पढाउनुपर्छ, बाहिर लान सकिंदैन भन्ने थियो । तर, निरक्षर भए पनि आमाको सोच त्यस्तो थिएन । ३ कक्षा गाउँको राष्ट्रिय प्रावि स्कूलमा पढेपछि आमाले नै मलाई काठमाडौंमा पुर्याएर पढ्न प्रेरित गर्नुभयो ।

यो पनि हेर्नुस्ः मन्त्री बनेपछि गगनले गरेको पहिलो निर्णयः हजारौं युवा खुसी हुनेछन्

आमा नपढेको मान्छे तर, छोरालाई पढाउँछु भन्ने दृढ अठोटमा हुनुहन्थ्यो । घोडा, भेडा, चौरी र गहना बेचेर पनि तलाई पढाउँछु भन्नुहुन्थयो । बुबाको मनसाय थिएन, बुबाको मनसाय थिएन किनकी दुर्गम जिल्लामा केही घोडा, चौरी, हुनु मात्रै आर्थिक रुपमा सवल भन्ने थिएन । त्यसैले आमाको छोरालाई पढाउनुपर्छ भन्ने बोधको अगाडि बुबाको केही लागेन । तर, घोडा, भेडा, चौरी र गहना बेचेर पनि मलाई काठमाडौं पढ्न पठाउनुभयो । आमाले यसरी पठाएको खर्चले मैंले सात वर्ष बुढानिलकण्ठ विद्यालयमा पढें ।

तीन पास भएर पनि फेरि दोहोर्याए
गाउँको विद्यालयमा तीन पास पढेर आए पनि काठमाडौं पानीपोखरीको भानुभक्त मेममोरियाल विद्यालयमा फेरि ३ कक्षामा भर्ना भएँ । ३ कक्षासम्म सोही स्कूलमा पढेपछि बुढानिलकण्ठमा पढ्ने सोच बनाएँ । तर, हुम्लाबाट आएको मैंले ४ कक्षामा पढ्दा फूल होइन हाफ स्कलरसिप पाएँ । हाफको पनि १५ सय रुपैयाँ बुझाउनुपथ्र्यो । समयमै पहल गरेको भए फूल स्कलरसीप पाइने रहेछ । १५ सय पनि ठूलौ रकम थियो । तर, पनि आमाले जसरी पनि खर्च जुटाउने आश्वासन दिएपछि महंगो भए पनि पढ्न तयार भएको थिएँ । र, निरन्तर पढ्दै २०३९ सालमा सोही विद्यालयबाट एसएलसी गरें । त्रिचन्द्रबाट आइएस्सी गरें । ५० सालतिर स्नातक र ५७ तिर राजनीति शास्त्रमा एमए सिध्याएँ ।

जितेकाबाटै राजनीतिमा प्रेरणा
४५ सालको फागुनतिर अमेरिकाबाट फर्केपछि हुम्ला गएँ । तर, यता नेपाल बायुसेवा निगम थियो । भन्ने वित्तिकै अवसर पाइने अवस्था पनि थिएन । तर, धेरै पढेका मान्छे नहुँदा ढिलोचाँडो काम गर्न पाइन्छ भन्ने मनको एक कुनामा छँदैथियो । सोही समय प्रजातन्त्र प्राप्तीको आन्दोलन पनि उत्कर्षमा थियो । कुनै न कुनै हिसाबले आन्दोलनको मोर्चामा पनि लागियो । आन्दोलन सफल भएपछि हुम्लातिरै लागें ।

यो पनि हेर्नुस्ः 

प्रचण्डलाई हराउँछु भनेका गगन उनकै मन्त्री बन्दा

हुम्लामैं युशसी क्यानडा नामक संस्थाबाट गएका श्रीराम श्रेष्ठ, राघवराज रेग्मीसँग भेट भयो । विदेशमा पाइलट पढेर आएको पनि यहाँ अवसर पाइदैंन की भनेर फेरि विदेश नै जाने सोचमा रहेका मलाई देखेपछि उहाँहरुले हुँदैन । तिमी पढेलेखेको मान्छे भए पनि यही देशमा राजनीति गर्नुपर्छ भन्न लाग्नुभयो । किनकी मैंलेै दुर्गम कर्णालीको हुम्लाको गरिबी र पछौटेपन निक्कै नजिकबाट देखेको थिएँ, भोगेको थिएँ । विदेश जाउँला पाइलट पढेको मान्छे राम्रै पैसा कमाउन पनि सकिन्थ्यो । तर, म विदेश भए गए पनि हुम्लाको पछौटेपन र विकास उस्तै हुन्थ्यो । हामी जति सचेत र केही बुझेका मानिसले नगरे अरु कसले गर्छ भन्ने सोच पनि आयो र उहाँहरुले पनि प्रेरित गरेपछि विदेश जाने सोच न त्यागिदिएँ । विदेश गएर पैसा कमाए म एकजना बदलिने थिएँ, समाज बदलिने थिएन । त्यसैलै उहाँको प्रेरणा र कर्णालीको जनताले सधैं भोग्नुपरेको पीडालाई कम गर्दै जानुपर्छ भन्ने प्रणले पनि राजनीतिमा निरन्तर लाग्ने सोच बनाएँ र सक्रिय हुन थालें ।

Jiban Bdr Sahi Paryatan Minister (4)

२०४९ सालमा जिविस सभापतिमा वीरजंग शाहीसँग चुनाव लडें तर, ५ मतले पराजित हुन पुगें । चुनाव हारेर तनावमा परेको म फेरि पाइलटको रिफ्रेसर तालिम लिन जाने सोच बनाएँ । तर, मलाई हराए पनि शाहले तिमी विदेश नजाउ, तिमी यही बस, जिल्लाको लागि पढेका मानिस पनि आवश्यक छ यहीबाट केही गर्नुपर्छ भन्नुभयो । मैंलाई हराएको मान्छेले यसो भनिरहँदा राम्रैका लागि भनेको हो भन्ने लाग्यो । पछि चार वर्ष हुम्ला जिविसको सभापति बनें ।

सभापतिमा लड्नु अघि ४६ सालबाटै म हुम्ला कांग्रेसको सभापति भइसकेको थिएँ । जिल्लाको सभापति हुने क्रम ५९ सालसम्म नै रह्यो । पार्टी सभापति शेरबहादुर देउवा भएकै बेला कदमजम –कर्णाली, दलित, महिला, जनजाति र मधेसी) भन्ने नारा थियो । किनकी यी समुदाय र भूगोल नेपालमा पछाडि परेका थिए । त्यसैले उनीहरुलाई माथि उठाउन उनीहरुलाई अवसर, पहुँच हुनुपर्छ भन्ने भएर म पनि यसैका लागि लागें ।

कर्णालीबाट निर्विरोध केन्द्रीय सदस्य पनि भए । ६४ सालको पहिलो संविधानसभा निर्वाचनमा टिकट पाएर हारें, तर, हरेश खाइन् । चुनावमा माओवादीले गोल नै पनि हाने तर, बाँच्न सफल भएँ । ७० सालमा फेरि पार्टीले पत्याएर टिकट दियो र चुनाव जित्न पुगें । २०६७ र यसपटकको १३ औं महाधिवेशनमा लगायतार दुईपटक केन्द्रीय सदस्यमा जितें ।

माओवादीले घर जलायो, आमालाई हर्ट एट्याक भयो
मत सिमीकोटमा थियो । पाटी नेता शेरबहादुर देउवालाई स्थानीय विद्युतको उद्घाटन बोलाइएको थियो । तर, गाउँमा मेरो बा र आमालाई माओवादीले पिटेछन् । किनकी शेरबहादुरलाई गाउँमा ल्याउन खोज्यो भनेर यस्तो गरिएछ । देउवाले त्यता गाह्रो छ भने म आउदिन भन्नुभयो तर, मैंले मेरो आमाबालाई मारे लासले छोपेर भए पनि तपाईंलाई स्वागतगरी सुरक्षित गराउछु भनेपछि उहाँ आउँनुभयो । राजनीतिक प्रतिशोधमैं ५९ सालमा माओवादीले घर जलाइदिए । आफू बस्दै आएको घर जलेपछि आमामा अथाह पीडा भयो । बर्बराउने, टोलाउने गर्नुभयो र यही पीडाले घर जलाइएको अढाइ जति महिनामा हर्टएट्याक भएर आमा बित्नुभयो । बुबा भने ६७ बिरामी परेर बित्नुभयो । आमालाई म ठूलो र असल मान्छे भएको देख्ने रहर थियो तर, म सभापति भएको, मान्य भएको र मन्त्री भएको देख्न पाउनुभएन ।

देउवाले ल्याउछु भन्नुभयो ल्याउनुभएन
दोस्रो जनआन्दोलनपछि माओवादीलाई संसदमा ल्याउँदैग गर्दा देउवाले तिमीलाई पनि सांसदमा ल्याउछु भन्नुभएको थियो तर, ल्याउनुभएन । ल्याउनुभएन भनेर मैंले गुनासो पनि गरिन् । पछि हारे पनि फेरि लड्दा चुनाव जितें । देउवाले जोड दिनु भएको कदमजमलाई मैंले पनि अगाडि बढाएको थिएँ किनकी कदमजम पछाडि परेसम्म नेपालमा विकास भएको न्याय भएको कहीं कतैबाट पनि पुष्टि हुने अवस्था थिएन र अझै पनि छैन ।
तर, मैंले यस्ता लाभको पद मागिन् । बरु निरन्तर एकचित्त भएर लाग्ने लाभको पद नभाग्ने जस्ता व्यवहार देखाउँदा बरु देउवाले नै यसलाई मन्त्री बनाउछु भन्ने सोच्नुभएको रहेछ । चुनाव लड्दा पनि कतिपय नेताहरु पैसा माग्न नेताको घरदैलो धाएको देंखेको थिएँ । तर, दुर्गम हुम्लाबाट चुनाव लड्दा खर्चको लागि म नेताको दैलो चहारिन । जति जे सकिन्छ आफ्नै हिसाबले चुनाव लडें । जित्न पुगें । कर्णालीकै भाइहरुले माया गरे, राइझुमा गीत लिएर गाउँगाउँ पुगियो र अन्ततः चुनाव पनि जितियो । यातायातका साधन होइन एउटै वडाबाट अर्कोमा हिड्न पनि एक दिन लाग्ने तर, पनि यस्तो प्रतिकूलताको बीच चुनाव जितें ।

यो पनि हेर्नुस् 
ज्वार्इं गगन र ससुरा केसीबीच मन्त्रालय साटिंदाको रोचक कहानी

२०६७ सालमा केन्द्रीय सदस्य चुनिएपछि बीचमा एक खालको फ्रस्ट्रेसन जस्तो भयो । सुशील दाईलाई केन्द्रीय सदस्य पनि चाहदिैन भनेर राजीनामा दिएँ तर, उहाँले स्वीकृत गर्नुभएन । देउवाले थाहा पाउनुभएछ बोलाएर भन्नुभयो, ‘ठकुरीका छोरा भएर पनि यस्तो गर्ने ? यस्तो नगर भन्नुभयो ।’ आफूलाई पनि होइन, निरन्तरता दिनुपर्छ । काम गर्ने अवसर योगदानको कदर हुन्छ भन्ने लाग्यो फेरि निरन्तर सक्रिय भएँ ।

घरमैं बसीबसी रोजेको मन्त्रालय पाउँदा
सभापतिमा जितेपछि उहाँलाई बधाई दिन उहाँकै निवास बुढानिलकण्ठ गएँ । जितको शुभकामना पनि दिएँ । तीनपटक केन्द्रीय सदस्य भएको छु, सांसद छु, विभेद र अन्यायमा परेको कर्णालीलाई पार्टीले पनि न्याय गर्नुपर्छ अब सरकार बन्दा भने न्याय हुनुपर्छ भनें । सँगै आरजु भाउजु पनि हुनुहुन्थ्यो । उहाँले पनि तपाईंले धेरै गर्नुभएको छ, पार्टीले एक न एक दिन न्याय गर्छ भन्नुभयो ।

Jiban Bdr Sahi Paryatan Minister (1)

मैंले भनेको त्यति लोभ गरेर मागेको होइन, अवसर दिनुस् र काम गरेर देखाउने मौका दिनुस् भनेको थिए । तर, सरकार बन्दै गर्दा पनि मलाई यो मन्त्री चाहियो भनेर बिन्ती गरिन् । बरु पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की दाइहरुले यो जीवन विचित्रकै छ, न मन्त्री माग्छ, न लाभका अरु पदमा जोड बल गर्छ भन्नुहुन्थ्यो । म केही भन्दैनथें । भूमिका दिए मूल्यांकन गरेर दिनुपर्ने हो जस्तो लाग्थ्यो । मन्त्री बन्ने बेलासम्म पनि यो जीवन विचित्रको छ, मन्त्री बनाइदेउ र यो मन्त्रालय चाहियो भनेर पनि आएन भन्दै मेरो पढाइेको क्षेत्र पनि भएको हुनाले सुरुदेखि नै नागरिक उड्ययन तथा पर्यटन मन्त्रालय दिने चर्चा सभापतिसहितको टिममा परेछ । कर्णालीसहित देशलाई तत्काल आउटपुट दिन र देखाउन यही मन्त्रालयबाट सकिन्छ जस्तो मेरो पनि सोच थियो । अन्ततः मन्त्री बनाउन दबाब नदिइकन नदौडीकिन, मेरो इमान्दारिता, मेरो समर्पणको मूल्यांकन गर्दै मेरो इच्छा भएकै मन्त्रालय मलाई दिइयो ।

कतिपय नेताले मन्त्रीका लागि प्रचारबाजी गर्दै मिडियालाई समेत प्रचार गरे । तर, मेरो हकमा त्यस्तो भएन । कुनै मिडियाका यो पत्रकारलाई मेरो बारेमा यस्तो समाचार लेखन भनिन् । बरु कतिपय मिडियाले मलाई नै पछ्याउनुभयो । खोज्दै आउनुभयो । यस्ता पक्षले सन्तुष्टि दिंदोरहेछ । मलाई पहिले जुन मन्त्रालय दिने चर्चा चलाइएको थियो । त्यो भन्दा तलमाथि गरिएन । मिडियाले पनि मेरो बारेमा अनर्गल प्रचार गर्न सकेनन् । घरै बसीबसी रोजेको मन्त्रालय पाए । यस्तो हुनुको पछाडि सांसदमा खेलेको भूमिका र देखाएको पफर्मेन्स कारण हो भन्ने लाग्छ । त्यसैले सभापतिले मन्त्रीका लागि सिफारिस गर्नुभयो । नेताको दैलो नधाइकन, चाकडी नगरीकन पाइदै भन्ने मान्यतालाई गलत सावित हुन पुगेको छ ।

पहिलोपटक पर्यटन मन्त्रालय छिर्दै गरेपछिका चुनौति र अवसर
सभापतिदेखि रामचन्द्र पौडेल दाइ सबैको सहयोग छ । त्यसैले जति भएको कार्यकालमा विना विवाद केही राम्रो सुधारका काम गर्ने प्रयत्न गर्छु । धैर्यता गर्नुपर्छ मूल्याकंन हुन्छ भन्ने देखाएको छ । अब इमान्दार भएर काम गर्नुपर्ने जिम्मेवारी र दायित्व मेरो काँधमा छ । मेरो मन्त्रालयमा तीन विषय जोडिएर आएको छ, नागरिक उड्ययन, संस्कृति र पर्यटन । अरु क्षेत्रमा वर्षौको लगानीपनि मात्र आउटपुट निस्कन्छ तर पर्यटन तत्काल नै प्रतिफल लिंदै विकास गर्दै जाने क्षेत्र हो । त्यसैले आन्तरिक र बाह्य पर्यटनलाई जोड दिन्छु । साना नीतिगत विषयले पनि नराम्रो गरेका छन् भने त्यसलाई सुधार्न प्रयास गर्छु । पर्यटनको सम्भावना भएर पनि कतिपय क्षेत्र पछाडि परेका छन् तिनलाई बाहिर ल्याउने कोशिश गर्छु । कर्णालीलाई पछौटे मानिन्छ तर, त्यहाँ भएका सम्भावनालाई बाहिर ल्याउने काम गरिएको छैन । पर्यटन, जडिबुटी र त्यहाँको उत्पादन, हाइड्रो जस्ता विषयमा काम गर्नुपर्ने छ । यसका लागि पनि मेरो पहल हुनेछ ।

Jiban Bdr Sahi Paryatan Minister (2)

त्यस्तै विविध संस्कृतिको धनी हाम्रो देशमा ठूला मन्दिर ऐतिहासिक सम्पदा छन् यिनलाई पनि पर्यटनमा प्रयोग गर्न सकिन्छ । प्रसिद्ध धार्मिक स्थलमा धार्मिक पर्यटन गराउन सकिनछ । विविध संस्कृतिले मानिसहरुलाई जोड्न सकिन्छ, अनुशासित बनाउन सकिन्छ ।

१९५८ नेपाल बायुसेवा निगम स्थापना भएपछि जुन रुपमा फड्को मार्नुपथ्र्यो त्यस्तो हुन सकेको छैन । यसलाई व्यवस्थित र सुधारोन्मुख बनाउनुपर्नेछ । एकमात्र अन्र्राष्ट्रिय विमानस्थलको सरसफाइदेखि यसको संचालन प्रक्रियामा पनि कुरा उठेका छन् यिनको सुधार गर्नुपर्नेछ । संचालनमा नआएका एयरपोर्टलाई खोज्नु छ । नेपालको उड्ययनलाई कालोसूचीमा राखिएको छ, यसलाई हटाउनु छ । हाम्रो आफ्नै भरपर्दो सेवा नहुँदा २० अरब बिजनेस अन्त गएको छ यसलाई पनि हाम्रै पक्षमा ल्याउने गरी तयारी गर्नुपर्नेपनि मेरा प्राथमिक विषय हुन् । राम्रो योजना र त्यही अनुसारको काम गर्दै गयौं सानो सुधारबाट पनि ठूलो सन्देश दिन सकिन्छ भन्ने लागेको छ । यो मन्त्रालयमा अहिलेसम्म भेटघाटको लागि पनि छिरेको थिइनँ, पहिलोपटक मन्त्री भएर छिर्दैछु हेरम कति काम गर्न सकिन्छ ।

हेडलाइन्स संवाददातासँग कुराकानीमा आधारितः सम्पादक