३ असार, एजेन्सी।
विवेक ओबरोय र ऋचा चड्ढा स्टारर वेब सिरिज ‘इनसाइड एज’ को ट्रेलर रिलिज भएको छ। यो त्यही सिरिज हो, जसको एक सेक्स सिनको कारण प्रिटी जिन्टाको निद्रा उडेको थियो। फरहान अख्तर र रितेश सिधवानीको कम्पनी एक्सेल मिडिया एण्ड एन्टरटेनमेन्टको ब्यानरमा बनेको यो सिरिज आइपिएलको ब्याकस्टेज डिल्सबाट प्रभावित छ। ऋचाले यसमा आइपीएल टीम ओनरको रोल गरेकी छिन, जसलाई प्रिटी जिन्टामाथी आधारित बताइएको छ।

यो पढ्नुस्: क्याट्रिनाकी बहिनीलाई पनि सलमानले नै बोक्ने !

सिरिजमा ऋचा र विवेकबीच सेक्स सीन छ। जसलाई लिएर यसका निर्देशक अंशुमानले पहिले नै सफाइ समेत दिइसकेका छन्। उनले एक अन्तर्वार्तमा भनेका थिए, ‘हो, फिल्ममा इन्टरेस्टिङ सेक्स सीन छ। तर ऋचाको क्यारेक्टर र प्रिटी जिन्टामा कुनै समानता छैन। शिल्पा शेट्टी पनि आइपीएल टीमकी ओनर हुन। तर क्यारेक्टर उनीबाट पनि प्रभावित भएको छैन। यो सिरिजमा केही अल्टरनेटिभ रियालिटी देखाइएको छ। तर सेक्स सिन कसैको रियल लाइफसंग कुनै लिनुदिनु छैन।

सिरिजमा यस्तो सिन रहेको र आफुमाथी आधारित भएको सुनेपछि प्रिटीले फरहानसंग कुरा गरेकी थिइन र सिन सार्वजनिक गर्न पहिले आफुलाई सो देखाउन भनेकी छिन्।

सिरिजमा ऋचा चड्डा र विवेक ओबरोए, अंगद बेदी, अमित सियाल लगायतको मुख्य भुमिका छन्। यो १० जुलाई देखि यु-ट्युब च्यानल अमेजन प्राइभ भिडियोमा हेर्न सकिनेछ।

ट्रेलर भिडियो हेर्नुस: