४ मङ्सिर ,जुम्ला। देपाल गाविसमा पर्ने त्रिभुवन उच्च मावि झारज्वालामा आज स्थगित भएको दुई मतदान केन्द्रको चुनाव यही मङ्सिर ७ गते हुने भएको छ ।

आज दिउँसो १२:१५ बजे नेकपा–माओवादी जुम्लाले समानुपातिक तर्फका दुवै केन्द्रका मतपेटिका लुटेपछि मतदान कार्य स्थगित भएको सूचना टाँसेर दुवै केन्द्रका राजकुमार गिरी र ईश्वरराज जोशी सदरमुकाम फर्केका थिए ।

आयोगको निर्देशनमा स्थानीय प्रशासन, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकारीको समन्वयमा मङ्सिर ७ गते चुनाव गर्ने निर्णय गरिएको हो ।

चुनाव बिहान ७ गते गर्नका लागि सुरक्षाको भरपर्दो व्यवस्था गरिने मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । चुनाव स्थगनका कारण जुम्लाको मतगणना तथा विजयी उम्मेदवार घोषणा कार्यक्रम लम्बिने भएको छ । रासस