८ फागुन, एजेन्सी।

जैविक हतियारले लाखौं करोडौंको ज्यान लिन सक्ने खतरा तर्फ बिल गेट्सले सचेत गराएका छन्।

विश्वका सबैभन्दा धनी व्यक्ति र माइक्रोसफ्टका सस्थापक गेट्सले जैविक युद्धलाई गम्भीरताका साथ नलिइएको प्रति चिन्ता जनाएका हुन।

विश्वव्यापी महामारीले लाखौँ मानिस निमिट्यान्न पार्ने भन्दै आउँदो १०-१५ वर्ष भित्रै यसको सम्भावना रहेको म्युनिख सेक्युरिटी कन्फरेन्समा बोल्दै शनिबार उनले विश्वका प्रमुखहरुलाई चेतावनी दिएका छन्।

कन्फरेन्स सुरु हुनु अघि ‘द टेलिग्राफ’संग कुरा गर्दै गेट्सले भने, ‘बायोटेरिरिज्मले न्युक्लियर हतियारले भन्दा बढीको ज्यान लिन सक्छ।’

उनले थपे, ‘परमाणु हतियारको प्रयोगगरी केही लाखको हत्यापछि तपाइ सायद रोकिनुहुनेछ तर कुनै भाइरस रोकिनेछैन। किनकी जनसङ्ख्या अनुभवहिन छ, कुनै वास्तविक तयारी छैन। त्यो यदी फैलिएमा, ठूलो सङ्ख्या प्रभावित हुनेछ।’

जेनेटिक इन्जिनियरिङमा भएको उल्लेख विकासको कारण आतंकवादीले जैविक हतियार प्रयोग गरि ठूलो स्केलमा योजना बनाउन सक्छन्। तर सुरुक्षा सम्बन्धि अधिकारी भन्छन् ‘जीवविज्ञान उनीहरुले पछ्याइरहेका छैनन।’

गेट्सले कन्फरेन्समा भने, ‘कुनै प्राकृतिक कारणले होस् या आतंकवादी जिम्मेदार हुन, इपोडिमिओलोजिस्ट भन्छन् छिटो फैलने हावामै विकसित हुने भाइरसले वर्ष दिनमै ३ करोड भन्दा बढी मानिस मार्न सक्छ।’

उनले थपे, ‘अनि उनीहरु भन्छन् विश्वले आउँदो १०-१५ बर्ष भित्र यस्तो प्रकोपको सामना गर्नुपर्ने उल्लेख्य सम्भावना छ।’

यसको लागि विश्वका सरकार तयार रहनुपर्ने उनले सुझाएका छन्।

यो पढ्नुस्।

संसारका १० घातक हतियार