डब्लुडब्लुइ रेसलर जोन सिनाले ‘फास्ट एन्ड फ्युरियस ९’ मा अभिनय गर्ने भएका छन्।

४२ वर्षिया यी रेसलरले ट्वीट मार्फत यो जानकारी दिएका हुन। भिन डिजेल र मिसेल रोड्रिगुएजको अपोजिट रोलमा उनी देखिने छन्।

फास्ट एन्ड फ्युरिअस फ्रेन्चाइज सन् २००१ मा ‘द फास्ट एन्ड द फ्युरियस’ बाट सुरु भएको थियो। यो फिल्म श्रृङ्खला अन्तर्गत आठौँ फिल्म ‘द फेट अफ द फ्युरियस’ सन् २०१७ अप्रिल १४ मा रिलिज भएको थियो। अब यसको नवौं फिल्म रिलिज हुनेछ। रिलिजको मिति सन् २०२० मे २२ तोकिएको छ।

फिल्ममा जोन सेनाको भूमिका बारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।