११ वैशाख, एजेन्सी ।

सामाजिक सन्जालमा विभिन्न पोष्ट तथा कमेन्टलाई लिएर बेलाबेलामा विवादमा आउने चर्चित अभिनेता ऋषि कपुर पुन विवादमा फसेका छन् । उनले केहि दिन अघि पाकिस्तानी महिलाको बारेमा गाली र झगडाको विषयलाई लिएर विवादमा फसेका थिए ।

उनले यसपटक भने हलिउड हास्य कलाकार एडि मर्फिको तस्विर शेयर गर्दै ‘रिप सच अ गुड एक्टर, वि विल मिस यु ‘लेखेका थिए । तर एडि मर्फि भने ज्युदै छन् । पोस्ट गरेको केहि समयपछि उनले आफ्नो टाइमलाइनबाट उक्त पोस्ट हटाएका थिए । एक ज्युदो कलाकारको बारेमा यस्तो पोष्ट गर्नु कत्तिको नाजायज, यो कुरा ऋषि कपुरलाई नै थाहा होला ।

वास्तवमा केहि दिन अघि एडि मर्फि नभई उनका भाई चार्ली मर्फीको १२ अप्रिलको दिन ५७ वर्षको उमेरमा मृत्यु भएको थियो । सायद उनले झुक्किएर एडि मर्फिलाई श्रद्धान्जली दिएको हुनुपर्छ ।