१० फागुन, एजेन्सी।

आइतवार राति सामाजिक सञ्जाल ट्विटरमा चर्चित बलिउड अभिनेत्री फरिदा जलालको मृत्युको हल्ला एकाएक फैलियो।

एकाएक आफ्नो मृत्युको हल्ला फैलिएको थाहा पाएपछि चकित परेकीअभिनेत्री फरिदाले एक भारतीय पत्रिकासंग कुरा गर्दै भनिन्, ‘सुरुमा त मलाई लाग्यो कि यो सब रमाइलोको लागी होला । त्यसैले मैले वास्ता गरिन । जब फोनमा लगातार घण्टी बज्न थाल्यो, अनि मलाई रिस उठ्यो र भने कि म ज्युदै छु, यो हल्ला नफैलाई दिनुस् ।’

६७ वर्षिया फरिदाको मृत्युको हल्ला इन्टरनेटमा सुरुमा कसरी र कसले भाइरल गर्यो अझै पत्ता लाग्न सकेको छैन ।

तर हल्ला निकै फैलिएपछि फरिदाले आफु ज्युदै रहेको प्रमाणित गर्दै ट्विट गरेकि थिइन् । 

यस्तै घटना अन्य बलिउड कलाकारहरुसंग पनि घटेको थियो ।
केहि समयअघि अमिताभको स्वास्थ्य स्थिती नराम्रो भएसंगै उनको मृत्युको झुटो खवरले सामाजिक सञ्जाल तताएको थियो ।

यो तस्विर अमिताभ बच्चनको एउटा फिल्म शुटिङको बेलाको थियो । जहा उनले मरेको नाटक गरेका थिए । यो तस्विर सुरुमा ह्वाट्एप हुदै ट्विटर र फेसवुकमा भाइरल बनेको थियो । यसपछि अमिताभले आफु मरेको खवरलाई गलत बताउँदै ट्विट गर्नु परेको थियो ।

त्यस्तै साउथ इन्डियन र्यापर यो यो हनि सिंह एकपटक केहि समयको लागि संगितबाट टाढा भएका थिए । त्यसलगत्तै उनी यो संसारबाट विदा भएको खवर सामाजिक सञ्जालमा एकाएक फैलियो । उनको मृत्युको कारण गाडि दुर्घटना भनिएको थियो । त्यसपछि हनि सिंहले टिव्ट गर्दै भनेका थिए, ‘यो सब अनावश्यक हल्ला हो । जसले मलाई घृणा गर्छन उनीहरुले फैलाएको हल्ला हो’

यस्तै, दिलीप कुमार, लता मंगेश्वर, माधुरी दिक्षीत लगायतका व्यक्ति मरेको हल्ला अनावश्यक रुपमा सामाजिक सञ्जालमा फैलिएको थियो ।