मानिसहरु विभिन्न रत्नजडित गहना पहिरिन्छन् । तर ज्योतिष शास्त्रका अनुसार कुनै पनि रत्न पहिरिनु अघी ज्योतिष प्रभाव हेर्नु जरुरी हुन्छ । किन भने यस्ता रत्नले शुभ र अशुभ फल दिनेबारे हाम्रो ग्रहले निर्धारण गर्छ ।

कुन राशिलाई कुन रत्न ?

पुखराजः मेष लग्न भएकाहरुलाई मूंगाको साथमा पुखराज शुभकारी मनिन्छ । कुम्भ लग्न हुनेलाई पुखराज खराव मानिएको छ । वृश्चिक लग्न हुनेलाई पहेलों पुखराज धारण गर्नु शुभ मानिन्छ । सिंह लग्न हुनेलाई माणिक्यसँग पुखराज लगाउनु शुभ हुन्छ । कर्कट लग्न हुनेलाई मोती या मूंगासँग पहेलो पुखराज राम्रो हुन्छ । तर मिथुन लग्न हुनेलाई पुखराजले हानी गर्न सक्छ ।

Gems

माणिक्य: मेष लग्न हुनेलाई माणिक्य संतान सुख, आत्म उन्नति, राज्यकृपा आदिका लागि राम्रो मानिन्छ । वृष, तुला, कर्कक, सिंह तथा वृश्चिक एवं धनु लग्नकाहरुलाई चाँहि माणिक्य शुभकारी, आखाँ सम्बन्धि रोग विनाशक र सौभाग्यवद्र्धक मानिएको छ । मिथुन, कन्या, मकर, कुम्भ एवं मीन लग्न हुनेहरुलाई माणिक्य शुभ मानिँदैन । माणिक्यसँग हीरा, नीलम, गोमेद या लहसुनिया कहिले पनि धारण गर्नु हुँदैन ।

नीलम: नीलम धारण गर्नु अघि यसले दिने शुभ-अशुभ फलबारे जानकारी राखेको राम्रो हुन्छ । नीलमलाई गंगाजलमा धोएर नीलो कपडामा बेरेर राख्ने र शनिवार सूर्यास्त भन्दा २ घण्टा पहिले दाहिने हातमा बाँधेर रात सुतेपछि यसको फल थाहा हुन्छ । यदि राति कुनै कष्ट आइलाग्यो, भयानक स्वप्न देखियो वा अन्य कुनै समस्या भयो भने नीलम तपाइँका लागि अशुभ छ । तर सबैकुरा सामान्य रहेमा भने नीलम धारण शुभ नै मानिन्छ । मकर एवं कुम्भ लग्न हुनेलाई नीलम सदा लाभकारी मानिन्छ । वृष एवं तुला लग्न हुनेलाई चाँहि हीराको साथमा नीलम र मिथुन एवं कन्या लग्न हुनेलाई पन्ना लगाउनु फलदायी मानिन्छ ।

हीरा: वृष तथा तुला लग्न भएकाहरुलाई हीरा आजीवन शुभकारी मानिन्छ । मिथुन एवं कन्या लग्न भएकाहरुलाई शुक्रको महादशामा पन्नाको साथमा हीरा लगाउनु शुभ मानिन्छ । मकर तथा कुम्भ लग्न भएकाहरुलाई प्लेटिनम या चांदीमा हीरा जोडेर लगाउनु राम्रो हुन्छ । मेष, वृश्चिक, कर्क, सिंह, धनु एवं मीन राशिका लागि हीरा अशुभ हुन्छ ।

Gold-diamond-ring

पन्ना: सिंह लग्न भएकाहरुलाई बुधको महादशामा पन्ना धारण गर्नु राम्रो हुन्छ । वृष, मिथुन, कन्या, तुला, मकर एवं कुंभ लग्न भएकाहरुलाई पन्ना हीरासँग लगाउनु अधिक फलदायी हुन्छ । मेष, कर्कट एवं मीन लग्न भएकाहरुलाई पन्ना घातक मानिएको छ ।

मोती: मोतीका साथमा नीलम, हीरा, गोमेद वा पन्ना कहिले पनि धारण गर्नु हुँदैन । तुला, वृश्चिक, मीन एवं कर्क लग्न भएकाहरुलाई मोती आजीवन शुभकारी मानिन्छ । वृष, धनु, मकर एवं कुंभ लग्न भएकाहरुलाई मोती अशुभ मानिएको छ ।

मंगलबारको दिन गर्न नहुने ५ काम
८ बास्तु नियमः जसले ल्याउँछ घरमा सुख शान्ति