१६ असोज, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९, सिमीगाउँमा झाडापखालाका कारण एक जनाको मृत्यु भएको छ ।

सिमीगाउँका ७९ वर्षीय तेन्जी शेर्पाको मृत्यु भएको स्थानीय मिङ्मा नुरी शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार गाउँमा एक दर्जन बढि झाडापखलाका बिरामी छन् । विरामीमध्ये ३ जना सिकिस्त रहेको शेर्पाले बताए ।

झाडापखलाका कारण मानिस विरामी परेको खबर आएपछि औषधिसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले जानकारी दिए ।