२९ साउन, झापा ।

अविरल बर्षाका कारण झापाका बिभिन्न स्थानका १२ सय ६२ घरपरिवार बिस्थापित भएका छन् । ४ जना अझै बेपत्ता छन् ।

बाढीमा परि बेपत्ता हुनेहरुमा कमल गाउँपालिका ६ का ३७ बर्षीय दिवस राई, झापा गाउँपालिका–२ की १५ बर्षीय कल्पना घोर्तानी, गाउँपालिका ३ की ७ बर्षीय खुशी दर्लामी मगर र कचनकचवल–३ का रामप्रसाद राजबंशी रहेका छन् ।

झापाको मेचिनगर र भद्रपुर मेचिखोलाको खोलाको बाढी पसेर अधिकांश क्षेत्र जलमग्न छ । बिर्तामोडमा अदुवखोलाको बाढी पसेको छ भने दमकमा रतुवा, मावा र बितिनीखोलाको बाढी पसेर डुबान भएको प्रहरीले जनाएको छ ।

यस्तै सिबसताक्षि, गौरिगंज, झापा गाउँपालिका, कमल गाउँपालिका र कचनाकवलमा बाढी पसेर डुबान छ । लगातार बर्षा भईरहेकाले टेलिफोन र बिद्युत सेवा समेत नियमित नहुँदा उद्धारमा कठिनाई भईरहेको प्रहरीको भनाई छ । उद्धारका लागि झापामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना, रेडक्रस खटिरहेका छन् ।