कुशल श्रेष्ठ

संसारका अधिकांशलाई जिरिङ्गै बनाइदिने त्यो रातो खैरो रङ्गको कीरा, जुन पृथ्वीको हरेक कुनामा पाइन्छ- पत्याउनुहुन्न होला तर यो कीरा १० करोड वर्ष भन्दा पहिल्यै देखि नै पृथ्वीको बासिन्दा हुँदै आएको प्राणी हो। यिनीहरू डाइनोसरको पालाको भन्दा पनि पहिलेका प्राणीहरू हुन्। हरेक चीजलाई धुलो बनाउने आणविक बिस्फोटबाट पनि यो प्रजाति बाँच्न सक्छन् भन्ने वैज्ञानिकहरू विश्वास गर्छन्- साङ्ले कीराककरोच

भन्ने नै हो भने मानवजाति र साङ्ले कीराको संबद्धता साँच्ची नै उल्लेखनीय छ। जस्तोसुकै वातावरणमा पनि आफ्नो अस्तित्व कायम गर्न सफल यी कीराहरू प्राचिन कालदेखि मानवजातिको पाल्तु जनावर बन्दै आएका छन्। पहिले पहिले गुफामा बस्ने मानिसहरूलाई पनि छाडेन यो कीराले, भएन भनेर अहिले आकाशलाई चुम्ने घर बनाउँदा पनि छाड्ने छाँटकाँट देखाएको छैन।

अब त झन् बिस्तारै गर्मी मौसम सुरु हुँदै आएको छ। अब हरेक घरको कुना-काप्चामा, फ्रीजको कुनामा, बाथरुमको भित्तामा- भनौँ न जताततै साङ्ले देखिने बेला आउँदैछ। यस्तो बेलामा एउटा-दुईटा साङ्लाले हाम्रो खाना जुठो गर्नु भनेको सामान्य कुरा हो। कतिले त सिङ्गै ककरोच खाएको पनि चाल पाउँदैनन् होला। तर सबैको मनमा प्रश्न एउटै हुन्छ:-I accidentally ate Cockroach

झुक्किएर साङ्ले खाइयो भने के हुन्छ?

हुन त, साङ्गलो आफैमा खतरनाक हुँदैन, यो खाँदैमा कुनै खतरनाक रोग लाग्ने पनि हुँदैन। भन्ने नै हो भने, विश्वका कतिपय देशहरूमा साङ्गलो खाने प्रतियोगिता पनि हुन्छ। तर यसले कहिलेकाहिँ अनेकौँ खतरनाक ब्याक्टेरिया र सङ्क्रमणको कारक तत्वको काम गर्न सक्छ, जसले एलर्जी, झाडापखाला तथा फूड पोइजनिङ्ग पनि गराउन सक्छ।

१. दूषित खाद्यपदार्थ

साङ्ले कीरा जे खाएर पनि बाँच्न सक्छ, खाँदै नखाई पनि बाँच्न सक्छ। हाम्रो घरको खाना त खाइहाल्छ, तर त्यसबाहेक यिनीहरूले कुहिएको फोहोर, दिशा, साबुन, काट, कागज, छाला, कपाल आदि पनि खान्छन्। त्यसैले यिनीहरू हाम्रो घरमा यत्रतत्र फैलिने क्रममा खाना तथा भाँडाकुँडाहरूलाई दूषित बनाइदिन सक्छ।

२. रोग निम्त्याउने ब्याक्टेरिया

साङ्ले कीराले आफ्नो मुख तता पेटमा भएका ब्याक्टेरियाहरूलाई खाना तथा अन्य कुराहरूमा छाड्ने काम गर्छ। एक खोजबाट डरलाग्दो तथ्य पत्ता लागेको थियो कि साङ्ले कीराको पेटमा ‘स्यूडोमोनस एरुगिनोसा’ (Pseudomonas aeruginosa) नामक ब्याक्टेरियाले अन्य ब्याक्टेरियाले भन्दा १० गुणा बढि प्रजनन गर्ने काम गर्छन्। यो त्यहि ब्याक्टेरिया हो जसले मानिसमा मूत्रथैलीको सङ्क्रमण र आमाशयको सङ्क्रमण गराउँदछ।What happens When we eat Cockroach Accidentally

३. साङ्लेको टोकाई

कुनै-कुनै प्रजातिका साङ्ले कीराले मानिसलाई टोक्न पनि सक्छन्। यस्तो एकदमै दुर्लभ हुन्छ, तैपनि त्यसबाट बच्नु जरुरी हुन्छ। यस्तो साङ्लेले विशेष गरी बच्चाहरूको नरम छाला र नङ्गमा आक्रमण गर्ने भेटिएको छ।

४. शरीरमा प्रवेश

साङ्लेले हाम्रो घरमा मात्रै हाम्रो शरीरमा पनि प्रवेश गर्ने खतरा हुन्छ। सुतेको बेलामा कान र नाकमा साङ्ला छिरेको कैयौँ घटनाहरू सुन्नमा पाइन्छ। यदि कुनै माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्यो भने त्यसले हाम्रो संवेदनशील अङ्गहरूमा क्षति पुर्याउन सक्दछ, त्यसैले विचार पुर्याउनु अपरीहार्य हुन्छ।

५. एलर्जी

साङ्ले कीराले विभिन्न किसिमका एलर्जीहरू ल्याउन सक्छन्। यिनीहरूको मुख अनि अन्य अङ्गहरूमा सैयौँ प्रकारका एलर्जनहरू भेट्न सकिन्च, जसले हाम्रो शरीरमा नकारात्मक प्रतिक्रिया गराई विभिन्न किसिमका एलर्जीहरू निम्त्याउन सक्छन्, जस्तै; छाला चिलाउने, हाँछ्यूँ आउने, सिँगान बग्ने, आँखा चिलाउने, आँशु आउने, आदि।

(एलर्जीबाट बच्न प्रतिरक्षा प्रणालीमा ध्यान दिनुहोस्!!)
६. दम

दम रोगीहरूको दुश्मन हो साङ्ले कीरा। यदि तपाईँको घरमा साङ्ले कीराको थुप्रो छ र घरको कुनै सदस्यलाई दम छ भने, उसलाई दमघात हुन सक्ने सम्भावना पहिले भन्दा बढेर आउँछ। किनभने साङ्लेकीराले अनेकौँ प्रकारका एलर्जनहरू बोकेका हुन्छन्, जसले सास फेर्न गाह्रो गराउन पनि सक्छ। अनि दम नभएकाहरूलाई पनि दमको लक्षण देखिन थाल्दछ।

(दम रोगको घरेलु रोकथामका उपाय)

हुन त, जे-जति गरेपनि साङ्ले कीरालाई सँधैको लागि बाईबाई-टाटा भन्न सकिँदैन। कुनै न कुनै बेला त तपाईँको घरमा प्रवेश गरेरै छाड्छ। तर त्यसलाई हटाउन केहि गर्न सकिँदैन भन्दैमा केहि नगरी बस्न पनि त भएन।

के कुरा जानिराख्नु भने, साङ्ले कीरालाई घामको ज्योती मन पर्दैन। त्यसैले यिनीहरूलाई अँध्यारो ठाउँ मन पर्छ। यदि अँध्यारो कोठामा मानिसको बढि भीड छ वा हो-हल्ला छ भने अनि यदि यिनीहरू बिरामी भएका छन् भने मात्रै आक्कलझुक्कल घाममा निस्कने गर्दछन्। त्यसैले सकेसम्म अँध्यारो कोठालाई सुत्ने कोठा नबनाउनुहोला।

यो पनि हेर्नुहोस्-
सावधान! ककरोच मानिसभन्दा नि चलाख हुँदारहेछन्!!
आणविक युध्द पश्चात पनि बाँच्न सक्ने पृथ्वीका १० जीव
यौन क्षमता बढाउन चाहनुहुन्छ? यी कुराले गर्छ सहयोग…
यदि तपाईँ अग्लो हुनुहुन्छ भने, यो कुरा जानिराख्नुहोस्…
उचाई बढाउने १० तरिकाहरू!!