एजेन्सी । कोलम्बियाको मध्य क्षेत्रमा झोलुंगे पुल चुँडिदा ११ जनाको मृत्यु भएको छ । अन्य १४ जना घाईते भएका छन् ।

भोली सार्वजनिक विदा ! गृह भन्छ: जानकारी आइसकेको छैन

मृत्यु हुनेमा तीन जना बालबालिका समेत रहेको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ३० जना भन्दा बढी रहेका बेला कोलम्बियाको भिल्ला भिसेन्सिओमा रहेको ६० मिटर भन्दा अग्लो पुल चुंडिएको हो ।

प्रचण्ड, ओली र देउवा मिलेपछि मधेसी माेर्चा सकसमा

स्थानीय बासिन्दाले पुलमा धेरै मानिस आवतजावत गर्दा चुंडिन सक्ने चेतावनी जुलाईदेखि दिंदै आएपनि संरक्षण क्षेत्र व्यवस्थापनले चासो नदिंदा दुर्घटना भएको दावी गरेका छन् ।