एजेन्सी । बलिउड अभिनेता टाइगर श्रोफ सोमबार व्रत बस्थे् । टाइगर अहिलेको समयको राम्रो नृत्यकार तथा एक्सन हिरो हो । तर, उनका लागि असली हिरो भगवान शिव हुन् र उनी नृत्य तथा एक्सन भगवान शिवप्रति समर्पणबाट नै प्राप्त भएको हो, भन्छन् ।

tiger-shroff

टाइगर भन्छन्, ‘शिवले तांडव नृत्यको जन्म दिएका थिए । कुनै पनि चीजमा कुनै कमी नरहोस् र कुनै पनि चीजलाई अधुरो नछोड्ने प्रेरणा शिवले नै दिन्छन् ।’ उनका अनुसार, एक्सन गर्दा वा मञ्चमा प्रस्तुत हुँदा मानसिक रुपमा शिवले प्ररित गरिरहेका हुन्छन् ।

जति–जति टाइगर सफल बन्दै गए, उनको शिवप्रतिको आस्था पनि बढ्दै गयो र उनले सोमबार व्रत पनि बस्न थालेको टाइगरले बताए । यद्यपी, व्यस्त समयका कारण अब उनी व्रत बस्न असमर्थ भएका छन् । टाइगर आफ्नो प्रत्येक नयाँ काम सोमबार थाल्छन्, किनिकि यो दिन भगवान शिवको दिन हो र टाइगर यस दिनलाई शुभ मान्छन् ।

त्यसो त बलिउडका धेरै यस्ता कलाकार छन्, जसले भगवानप्रति गहिरो आस्था राख्छन् । टाइगर एउटा यस्ता कलाकार हुन्, जो आफ्नो असली हिरो मानव नभएर भगवान शिवलाई मान्छन् ।