९ असार, लहान ।

सिरहामा गएराति एक महिलाको हत्या भएको छ । लहान नपा १ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयभन्दा करिब ५ सय मिटर उत्तर खुल्ला चउरमा ढुंगा हानेर एक महिलाको हत्या गरी फालिएको अवस्थामा आज विहान शव फेला परेको छ ।

अन्दाजी ३५ बर्षिया मधेसी मुलकी महिलाको हत्या भएको हो । घटनाको प्रकृति हेर्दा टाउँकोमा ढुंगा प्रहार गरी हत्या गरिएको देखिन्छ । टाउँको रगतले रक्ताम्मे बनेको छ ।

टाउँको नजिकै राखिएको ढुंगामा पनि रगत लतपतिएको छ । ति महिलाको लुगा पनि च्यातेर नाङ्गो पारेका थिए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले ईलाका प्रहरी कार्यालय लहानको टोली घटनास्थल पुगेको छ । हत्या गरिएकी महिलाको पहिचान खुल्न सकेका छैन् । बाहिरबाट ल्याएर यहाँ हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान सुरु गरिएको लहान प्रहरीले जनाए ।