कुशल श्रेष्ठ

यदि तपाईँको टाउको दुख्छ भने दुःखाईबाट राहत पाउन सुरुमै गर्नुपर्ने कुरा भनेको ‘किन दुख्यो’ भनेर पत्ता लगाउनु हो। टेनसनको कारण पनि तपाईँको टाउको दुखेको हुन सक्छ। दिनभरी भोकै बस्दा पनि कतिपयलाई टाउको दुख्ने समस्या आउन सक्दछ। उच्च रक्तचाप अनि मधुमेह हुनेहरूलाई पनि टाउको दुख्ने जस्ता समस्याले बेला-बेला सताउन सक्छ। अथवा ‘माइग्रेन’ पनि भएको हुन सक्छ। यी कुराहरूको बारेमा जति धेरै जानकारी पाउन सक्यो, दुःखाईलाई कम गर्न पनि त्यति नै सजिलो हुन्छ।

के हो माइग्रेन?

माइग्रेन भनेको पनि टाउको दुख्ने समस्या नै हो, तर बल्किने खालको दुःखाई, त्यो पनि टाउको कुनै एक भागमा मात्रै। कि दाहिने टाउको, कि देब्रे टाउको, कि अगाडिको टाउको अनि कि चाहिँ पछाडिको टाउको भयानक तरिकाले दुख्छ छ भने माइग्रेन भएको हुन सक्छ। तर व्यक्तिअनुसार माइग्रेनको लक्षणमा फरक पर्न सक्दछ।Migraine Art (3)

शारीरिक कामले माइग्रेनको पीडामा वृद्धि गराउँदछ भने स्वासप्रश्वासको व्यायाम तथा योगले माइग्रेनको दुखाईलाई कम गर्दछ। साधारणतया, माइग्रेनको दुखाई २ घण्टा देखि ७२ घण्टासम्म रहिरहन्छ।

के कारणले हुन्छ माइग्रेन?

माइग्रेन हुनुको ठेट कारण त अझसम्म पनि पत्ता लाग्न सकेको छैन। तथापी, वातावरण र वंशाणुगत पक्षबाट यसको सुरुवात हुने विज्ञहरू विश्वास गर्दछन्। वंशाणुगतबाट माइग्रेन सर्न सक्ने सम्भावना ७५% हुन्छ।

पहिलेको अनुसन्धानबाट, जसले धेरै दिमाग चलाउँछ (बुद्धिमानी हुन्छ) उसलाई माइग्रेनले सताउँछ भन्ने देखिएको थियो। तर अहिले त्यो गलत सावित भएको छ। विभिन्न मनोवैज्ञानिक, सामाजिक तथा वातावरणीय पक्षले पनि माइग्रेनको उत्पत्ति गर्न सक्दछ। धेरै चिन्ता लिने, तनाव लिने अनि डिप्रेसन भएका व्यक्तिहरूलाई माइग्रेन हुने सम्भावना बढि हुन्छ।

माइग्रेन भएको थाहा पाउने केहि सङ्केतहरूः
  • चर्को आवाज सुन्दा रिस उठ्ने, टाउको चड्किने हुन्छ।
  • चम्किलो र उज्यालो प्रकाश (घामको उज्यालो) देख्दा टाउको चड्किने, हेर्न नसकिने अनि शरीरमा गर्मी भएको जस्तो हुनेMigraine Art (2)
  • सानोतिनो कुराबाटै मुड परिवर्तन हुने, चाँडै नै दुःखी महशुस गर्ने अथवा खुसी महशुस गर्ने
  • राम्रोसँग निन्द्रा नलाग्ने, लागिहालेपनि राती बिउँझेको बिउँझेइ हुने
  • धुँवा र धूलोको एलर्जीमा वृद्धि हुने, नाकबाट पातलो तरल पदार्थ बग्ने, आँखाबाट आँशु आउने
  • टाउको दुख्नुभन्दा केहि क्षण अगाडि भोक लागेको जस्तो हुने
  • टाउको कुनै एक भाग (अगाडि, पछाडि, दायाँ वा बायाँ) अथवा दुवै भाग बल्किएर दुख्नेMigraine Art (1)
  • माइग्रेन भएको प्रारम्भिक चरणहरूमा १/२ घण्टा सम्म मात्रै दुख्ने गर्दछ भने माइग्रेन छिप्पिँदै गएपछि दुखाईको समय पनि बढ्दै जाने हुन्छ।
  • माइग्रेनको दुखाई भैरहेको बेला आँका फरफराउने, आँखा रातो हुने अथवा दुख्ने हुन सक्छ।
  • टाउको लगायत शरीरका अन्य अङ्गहरूमा पनि त्यसरी नै दुख्ने हुन सक्छ। जस्तै; पछाडिको घाँटी, पाखुराको केहि भाग, कम्मर, ढाड, आदि।
  • धेरै पानी नपिउँदा पनि पिसाब लाग्ने दरमा वृद्धि हुने
  • चाँडै थकाई लाग्ने अनि हाइ आउने मात्रामा वृद्धि हुने
  • शरीरको कुनै अङ्गमा केहि हिँडेको जस्तो, भित्रभित्रै केहि वस्तुले घोँचेको जस्तै महशुस हुने
  • टाउको दुख्ने मात्रा बढ्दै गएपछि एक्कासी रिँगटा लागि वान्ता होला जस्तो हुने
  • दुर्गन्ध होस् या सुगन्ध, कुनै पनि बासनाले टाउकोमा झट्का दिन्छ।
  • शारीरिक गतिविधि वा कार्यले दुखाई बढाउँदछ।
  • आँखा तिरमिराउने, बादल लागेको जस्तो हुनेMigraine Art (4)
माइग्रेनको दुखाईलाई घरमै बसेर कम गर्न सकिन्छ, कसरी?