कुशल श्रेष्ठ

नेपालमा टाटू लगाउनेको सङ्ख्या बढ्दो देखिन्छ। रङ्गीचङ्गी आकारलाई छालामा खोप्दा अलिअलि पीडा अनि अलिअलि उत्साहको साथमा अलिअलि डर पनि पैदा हुने गर्दछ। किनभने टाटू लगाउँदा क्यान्सर हुने, पछि टाटूको रङ्गले छालामा सङ्क्रमण हुने जस्ता खतराको बारेमा मानिसहरूले कहिँकतै सुनेकै हुन्छन्।

तैपनि, तपाईँलाई टाटू लगाउने अति नै इच्छा छ भने, यसले हाम्रो स्वास्थ्यमा पार्ने प्रभावको बारेमा जानीराख्नु आवश्यक हुन्छः

१. सङ्क्रमण

टाटू लगाउँदा विचार पुर्याएन भने विभिन्न किसिमका सङ्क्रमणहरूले सताउन सक्छ। खासमा भन्ने हो भने टाटू खोपिदिने व्यक्ति र उसले प्रयोग गरेको मसीबाट पनि सङ्क्रमण सर्न सक्दछ।Tattoo Infection

सन् २०१२ मा न्यूयोर्कका टाटूबाटै छालाको सङ्क्रमणको प्रकोप आइलागेको थियो। उक्त सङ्क्रमण श्रोत पत्ता लगाउनको लागि अनुसन्धान गर्दा टाटूको खैरो रङ्गमा भएको ‘माइसोब्याक्टेरिया’बाट सो सङ्क्रमण सुरु भएको पत्ता लागेको थियो। यस व्याक्टेरियाको कारण सङ्क्रमित व्यक्तिको छालामा महिनौँ दिनसम्म पनि दुख्ने खालको खटिराजस्तो देखा पर्न सक्दछ।

टाटूका कारण ब्याक्टेरियाको सङ्क्रमण मात्रै नभएर भारसको सङ्क्रमण पनि हुन सक्दछ। यस्तो भएमा टाटू लगाएको वरिपरी छालामा गिर्खा देखापर्ने हुन्छ।

२. एलर्जी

कसै-कसैलाई टाटूको मसीबाट एलर्जी पनि हुन सक्छ। सुरुचोटिमा टाटू लगाउँदा एलर्जी देखा नपरेपनि अर्को चोटि लगाउँदा एलर्जी देखा परेको प्रसङ्गहरू पनि टन्नै छन्।Tattoo Allergy

टाटूको एलर्जीको उपचार गर्न मुश्किल पर्दछ। स्टेरोइड इन्जेक्सन लगाउँदा केहि मद्दत हुन सक्छ, तर अवस्था बिग्रिँदै गएमा सर्जरी गरेर टाटू लगाएको छालालाई काटेर फाल्नुपर्ने पनि हुन सक्छ।

३. छाला ढाक्ने प्रवृत्ती

कसैले के गर्छन् भन्दा, आफ्नो छालामा भएको सानि-तिनो दाग, धब्बालाई ढाक्नको लागि त्यसमाथि टाटू लगाउँछन्। तर आफै सोँच्नुहोस् त, के त्यसो गर्नु उचित हुन्छ?Hiding Skin using Tattoo

झन् तपाईँको त्यो दागमा टाटूको मसीले सङ्क्रमण गराएर अवस्थालाई गम्भीर बनाउन सक्दछ। त्यसरी छालाको समस्यालाई ढाकछोप गर्नुभन्दा समयमै चिकित्सकसँग परामर्श लिनु जरुरी हुन्छ।

४. घामसँगको प्रतिक्रिया

हाम्रो छालालाई घाम नभई हुँदैन र फेरि त्यहि घामबाट छालालाई बचाउनु पनि पर्दछ। तर टाटूको कारणले गर्दा हाम्रो छालासँग घामबाट आएको विकिरणले नकारात्मक प्रतिक्रिया गर्न सक्दछ। जसले गर्दा छालामा जलन हुने, विकिरणको एलर्जी हुने, बढि रातो हुने जस्ता समस्या देखिन सक्दछ।Tattoo-Removal-and-The-Sun

यस्तो किन हुन्छ भन्दा, टाटूको मसीमा ‘क्याडमियम’ (Cadmium) नामक रसायन हुन्छ। यो रसायनसँग सूर्यबाट आएको परावैजनी किरणको प्रतिक्रिया गरेमा त्यसबाट धेरै मात्रामा ताप पैदा हुने गर्दछ। तापसँगै विभिन्न किसिमका नकारात्मक असर गर्ने रसायनिक पदार्थहरूको पनि पैदा हुने हुन्छ।

५. सिटी-स्क्यान र एमआरआई

टाटू लगाएका व्यक्तिको यदि सिटीस्क्यान अथवा एमआरआई गर्नुपरेमा समस्या देखा पर्दछ।

टाटूको मसीमा हुने फलाम पदार्थलाई सिटीस्क्यानको चुम्बकले तान्दछ तर छालाबाट छुट्टिएर जान नसक्ने हुँदा त्यहाँ प्रतिरोधात्मक शक्तिको पैदा हुन्छ। जसले गर्दा मसीमा भएको फलाम पदार्थ तातेर छालालाई जलाउन सक्दछ।Tattoo and MRI

कसैको लागि टाटू लगाउनु एक सोखको कुरा हुन आउँछ, उसको कलाको क्षेत्र पनि टाटू नै हुन सक्छ। तर हरेक कुराको नकारात्मक पक्ष हुन्छ, जसबाट पन्छिनुभन्दा पनि त्यसलाई सामना गरेर अगाडि बढ्नु जरुरी हुन्छ।

माथि उल्लिखित खतराहरूको बारेमा थाहा पाउनुभयो भने अब तपाईँले टाटू लगाउँदा विशेष ध्यान पुर्याउनुहुन्छ। आफूलाई टाटूको मसीको एलर्जी छ वा छैन भनेर चिकित्सकसँग सल्लाह पनि गर्न सक्नुहुन्छ। टाटू लगाइदिने व्यक्तिलाई पनि ध्यान पुर्याएर लगाउन आग्रह गर्न सक्नुहुन्छ।

यो पनि हेर्नुहोस्-
केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र
ब्लड प्रेसरको बारेमा यी कुरा झूट हुन्- सत्य कुरा के हो त?
तपाईँलाई जतिबेला पनि थकाई लाग्छ? किन थाहा छ?
तपाईँको चोरऔँला लामो छ कि छोटो? शरीरका अङ्गले बताउने यी ७ कुरा