काठमाडौं ३ चैत । शेयर बजारको हरियाली टिक्न सकेन । अघिल्लो साताको अन्तिम दिन र यो साताको पहिलो दिन बढेको बजार सोमबार घटेको हो ।

अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्न तँछाडमछाड गर्दा बजार गिरावट आएको हो । सोमबार नेप्से परिसूचक ७ दशमलब ४७ अंकले घटेर ११ सय ५३ दशमलव ९८ विन्दुमा आइपुगेको छ । सोमबार फाइनान्स र उत्पादन समूह बाहेक उपसूचक रातो रहे । कारोबार रकम पनि आइतबारको तुलनामा केही घटेको छ ।

सोमबार १३ लाख ९३ हजार ५ सय ५८ सेयर ३६ करोड ७ लाख ९ हजार ७ सय ८० रुपैयाँमा कारोबार भयो । युनाइटेड फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशेयर १७ रुपैयाँ कमाएका छन् भने जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले प्रतिशेयर १ सय २० रुपैयाँ गुमाएका छन् ।