४ असोज, तनहुँ । पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत म्याग्दे–४ मनहरिमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् ।

पोखराबाट खैरेनीटारतर्फ आउँदै गरेको ग १ ख ७२१५ नम्बरको टिपरले विपरीत दिशामा गुडिरहेको ग ७ प २४९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा म्याग्दे गाउँपालिका–४ तनहुँका युवराज बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते सोही स्थानका सुनिल गन्र्धवको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।