२९ कात्तिक, हेटौँडा । हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको लेवट (बसामाडी) मा गएराति ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने एक महिलासहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–ं७ बस्ने ३० वर्षीय अनिल जिसी र २३ वर्षीया पुनम विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।