२७ पुस, रामेछाप । रामेछापमा टिपर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

ना १ ञ ५७ नंको टिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुलीको भद्रकालीका रमेश बम्जनको ज्यान गएको हो ।

आज बिहान भएको दुर्घटनामा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । अरू दुईजनाको रामेछापमै उपचार भइरहेको छ । दुर्घटना सहचालकका कारण भएको प्रहरीले जनाएको छ ।