सुर्खेत २९ जेठ । सुर्खेतमा टिम्परको ठक्करबाट एक पत्रकारको मृत्यु भएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ८ को लोदेमा टिप्परकोको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दु गेलाङको घटना स्थलमा नै मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी प्रमुख प्रहरी उपक्षीक बसन्त रजौरेले जानकारी दिए ।

रुकुम पश्चिमकबाट सुर्खेत तर्फ आउदै गरेको बा ५ ख १६८३ नम्बरको टिप्परले विपरित दिशाबाट आईरहेको पत्रकार गेलाङ चढेको भे ८ प ७६०४ नम्बरको मोटरसाईकलालई ठक्कर दिदाँ गेलाङको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।