८ माघ, रुपन्देही ।
रुपन्देहीको देवदहमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।शनिवार मध्याह्न टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार देवदह–४, भवानीपुर निवासी खिमबहादुर पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पश्चिम क्षेत्रीय टाफ्रिक प्रहरी कार्यालय बुटवलले लु १ ख ४६६१ नम्बरको टिप्परले देवदह–५ सिंगाहा भित्रि सडकमा लु ६ प ४६४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जनाएको छ ।

टिप्परको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका बुद्धिराज न्यौपाने घाइते भएका छन् । उनको हात कामै नलाग्ने गरी थिचिएको देवदह प्रहरी चौकी प्रमुख भक्ति पाण्डेले जानकारी दिए।

ठक्करबाट मृत्यु भएका पुन देवदहको भवानी मावि विद्यालय व्यवस्थापन समितिका सदस्य हुन । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।