६ असोज, कपिलवस्तु । ट्कको ठक्करबाट पुर्व पश्चिम राजमार्गको चन्द्रौटामा एक जनाको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिम तर्फ जांदै गरेको ना ४ ख ५०८० नम्बरको ट्रक को ठक्करबाट साईकल यात्री शिवराज नगरपालिका वडा नं. २ वस्ने २५ मुस्लिम मियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक र ट्क प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।