१३ मंसिर, काठमाडौँ।

आज बिहान ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहान ३ः१५ बजे थानकोटबाट कलङ्कीतर्फ आइरहेको युके००सिए ४७२४ नम्बरको भारतीय तरकारी बोकेको ट्रकको ब्रेक फेल भई काजी चन्द्रागिरी नपा– २३ ढुङ्गेअड्डा नजिकै बा६१प १३७८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिचालक कार्यालय रानीपोखरीले जनाएको छ ।

प्रहरी जवान लोकेन्द्रबहादुर चन्दका अनुसार मृतक अन्दाजी ४५÷४६ वर्षका भए पनि परिचय खुल्न सकेको छैन । रासस