१३ मंसिर, रौतहट।

चन्द्रपुर नगरपालिका अन्तर्गत पूर्वपश्चिम राजमार्गको पौराई जङ्गलमा अज्ञात समूहले आज बिहान एउटा मालवाहक ट्रकमा आगजनी गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार सुनसरी जिल्लाबाट काठमाडौँ जानका लागि आइरहेको ना२ख ९७६४ नंको मालवाहक ट्रकमा जङ्गल क्षेत्रमा पेट्रोल छर्की आगजनी गरिएको हो ।

आगलागीबाट बाँस बोकेको ट्रक र बाँसमा क्षति पुगेको छ । आगजनी कसले र किन गर्यो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस