भक्तपुर, १ भदौ ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको थिमिमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका वडा नम्बर १ सरस्वतीखेलका स्कुटर चालक ५० वर्षीय रञ्जन कार्की रहेको महानगरिय प्रहरी बृत थिमिका प्रमुख एवं प्रहरी नायव उपरीक्षक श्यामबाबु ओेलीयाले जानकारी दिएका छन् ।

आज दिउँसो काठमाडौबाट भक्तपुर जाँदै गरेको ना ५ ख ६९ ९६ नम्बरको ट्रकले सोहि दिशाबाट आइरहेको बा ४८ प ९७६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कार्कीको मृत्यु भएको ओलीयाले जानकारी दिए ।

ठक्करपछि घाईते भएका उनलाई मध्यपुर अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बी एण्ड बी अस्पताल काठमाडौंमा लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक कार्की जनक शिक्षा सामाग्री केन्द्र लिमिट्रेड सानो थिमिमा काम गर्ने प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक भक्तपुर नगरपालिका वडा नम्बर ५ का ४१ वर्षका आकाश लोहलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।