चितवन, ५ चैत । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत कालीखोला नजिक २ नम्बर पुलको ठाडो खोलामा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मकवानपुरको हटौंडा उपमहानगरपालिकाका ३५ वर्षीय मधुकर पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते हुनेमा चितवन ईच्छाकामना गाँउपालिका ६ की १७ वर्षीया प्रमिला गुरुङ, सोहि स्थानकी १७ वर्षीया कञ्चन गुरुङ, ट्रक चालक माडी नगरपालिका ११ का ४० वर्षीय सञ्जय महतो र भारत विहार मोतिहारीका २८ वर्षीय अनुवर मिया रहेका छन् । उनीहरु चारैजनाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

मुग्लीनबाट नारायगढतर्फ आउँदै गरेको ना ५ ख १४३ नम्बरको ट्रक मंगलबार विहान सवा ७ बजे अनियन्त्रीत भई सडकबाट करिब ७० मिटर तल खसेको थियो ।