२१ कात्तिक, एजेन्सी । काजकिस्तानको दक्षिणी क्षेत्रमा भएको सडक दुर्घटनामा कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ ।

सम्बन्धित कार्यालयले सोमबार सो जानकारी दिएको छ । जलालाबाद सहरको बिसकेक ओस राजमार्गमा ट्रक र कार एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको जनाइएको छ ।

सोमबार राति भएको यस घटनामा चार पुरुष, तीन महिला र एक छ महिने बालकको मृत्यु भएको सडक विभागका अधिकारीले जानकारी दिएका छन् ।

घाइतेमध्ये दुई व्यक्तिको अस्पतालमा मृत्यु भएपछि सो संख्या १० पुगेको छ । ट्रक चालकको लापर्बाहीको कारण सो घटना भएको बताइएको छ ।